ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
सुरू भयो रास्वपाको अभिमुखीकरण (फोटोफिचर)
2082 General Parties

सुरू भयो रास्वपाको अभिमुखीकरण (फोटोफिचर)

Inquiry Nepal Inquiry Nepal March 17, 2026 at 12:18 PM 53 views
<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा सुरु भएको कार्यक्रममा उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी) , स्वर्णिम वाग्लेले घण्टी बजाएर कार्यक्रम औपचारिक रुपमा सुरु गरेका हुन् । बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टी नेता र विषय विज्ञहरुको प्रस्तुति हुनेछ । उद्घाटन सत्रमा पार्टी [&#8230;]</p> <p>The post सुरू भयो रास्वपाको अभिमुखीकरण (फोटोफिचर) appeared first on RONB...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल टुलिपमा सुरु भएको कार्यक्रममा उपसभापतिद्वय, डोलप्रसाद अर्याल (डिपी) , स्वर्णिम वाग्लेले घण्टी बजाएर कार्यक्रम औपचारिक रुपमा सुरु गरेका हुन् । बुधबारसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टी नेता र विषय विज्ञहरुको प्रस्तुति हुनेछ ।

उद्घाटन सत्रमा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह उपस्थित छैनन्। सभापति लामिछानेले अभिमुखीकरणको समापन मन्तव्य दिनेछन्। बालेन शाहको भूमिका कार्यसूचीमा उल्लेख छैन।

फागनु २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ मत प्राप्त गरेको थियो।

प्रत्यक्षतर्फ १२५ र समानुपातिक गरी ५७ सिटमा विजय हासिल गरेको थियो। दुई दिवसीय अभिमुखीकरणमा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसद सहभागी छन्।

The post सुरू भयो रास्वपाको अभिमुखीकरण (फोटोफिचर) appeared first on RONB post.

parties election 2082