ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रास्वपाको सांसद अभिमुखीकरण सुरु
2082 General Parties

रास्वपाको सांसद अभिमुखीकरण सुरु

Inquiry Nepal Inquiry Nepal March 17, 2026 at 12:27 PM 51 views
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरिएको दुईदिने कार्यक्रममा संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइने छ। साथै, पार्टीले अवलम्बन गर्नुपर्ने नीति र कार्यदिशाबारे पनि छलफल गरिने बताइएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा […]

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरिएको दुईदिने कार्यक्रममा संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइने छ।

साथै, पार्टीले अवलम्बन गर्नुपर्ने नीति र कार्यदिशाबारे पनि छलफल गरिने बताइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १८२ सिट जितेको थियो।

parties election 2082