काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण आजदेखि सुरु गर्दै छ ।
पार्टीले प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूका लागि मंगलबार र बुधबार ललितपुरमाा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
यो कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुने भएको छ । रास्वपाले सबै नवनिर्वाचित सांसदलाई अनिवार्य उपस्थित हुन भनेको छ।
रास्वपा अभिमुखीकरण कार्यक्रम-फाइनल_260317_082318Downloadदुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अबलम्बन गर्नुपर्ने नीतिलगायतबारे जानकारी गराइने छ ।
अभिमुखीकरणमा पार्टीका शीर्ष नेताहरू, पूर्वसांसद तथा संसदीय मामिलाका विज्ञहरूले विभिन्न सत्र सञ्चालन गर्नेछन् ।
The post नवसांसदहरूलाई रास्वपाको अभिमुखीकरण, यी हुन् प्रशिक्षक appeared first on RONB post.