ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सुदूरपश्चिमबाट ११ जना समानुपातिक सांसद बन्ने
2082 General Commission Update

सुदूरपश्चिमबाट ११ जना समानुपातिक सांसद बन्ने

Inquiry Nepal Inquiry Nepal March 17, 2026 at 5:22 AM 80 views
<p>धनगढी । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा ११ जना समानुपातिक सांसद बन्ने भएका छन् । थ्रेसहोल्ड पार गरेका दलहरूले बन्द सूचीबाट नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएपछि सुदूरपश्चिमका ११ जना समानुपातिक सांसद बन्ने निश्चित भएको हो । यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा धेरै ६ जना सांसद बन्ने भएका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) [&#8230;]</p> <p>The post सुदूरपश्चिमबाट ११ जना समानुपातिक सांसद बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनि...

धनगढी । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा ११ जना समानुपातिक सांसद बन्ने भएका छन् । थ्रेसहोल्ड पार गरेका दलहरूले बन्द सूचीबाट नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएपछि सुदूरपश्चिमका ११ जना समानुपातिक सांसद बन्ने निश्चित भएको हो ।

यसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा धेरै ६ जना सांसद बन्ने भएका छन् । यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले तीन जना तथा नेपाली कांग्रेस र नेकपा (एमाले) ले एक–एक जनालाई समानुपातिक सांसद बनाउने गरी नाम पठाएका छन् ।

प्रदेशका १६ प्रत्यक्ष सिटमध्ये १० सिट जितेको रास्वपाले समानुपातिकतर्फ पनि सुदूरपश्चिमबाट ६ जनालाई समेटेको छ । पार्टीको सचिवालय बैठकले आइतबार निर्णय गर्दै उक्त नामहरू निर्वाचन आयोगमा सिफारिस गरेको हो ।

रास्वपाको सूचीअनुसार खसआर्य महिला क्लस्टरको पहिलो नम्बरमा कञ्चनपुरकी प्रतिभा रावल रहेकी छन् । सोही क्लस्टरबाट डडेल्धुराकी आकृति अवस्थी, अछामकी टीका संग्रौला र रत्ना थापा पनि समानुपातिक सांसद बन्ने सूचीमा परेका छन् । संग्रौला र थापा पिछडिएको क्षेत्र कोटाबाट समेटिएका हुन् ।

त्यसैगरी थारु महिला क्लस्टरबाट कैलालीकी करिश्मा कठरिया र कञ्चनपुरकी गीता चौधरीको नाम पनि रास्वपाले पठाएको छ ।

प्रत्यक्षतर्फ सिट जित्न नसकेको नेकपाले भने सुदूरपश्चिमबाट तीन जनालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । पार्टीले थारु महिला क्लस्टरबाट कञ्चनपुरकी निराशा चौधरी, अपांगता क्लस्टरबाट कैलालीका प्रेम बयक र दलित क्लस्टरबाट बझाङका गणेशबहादुर बिकको नाम आयोगमा बुझाएको छ ।

प्रदेशमा प्रत्यक्षतर्फ तीन–तीन सिट जितेका नेपाली कांग्रेस र नेकपा एमालेले भने सुदूरपश्चिमबाट समानुपातिकमा एक–एक जनालाई मात्र समेटेका छन् । कांग्रेसले दलित महिला क्लस्टरबाट डडेल्धुराकी हरिनादेवी कामीलाई तथा एमालेले थारु क्लस्टरबाट कञ्चनपुरका कृपाराम रानालाई सांसद बनाउन नाम सिफारिस गरेको छ ।

The post सुदूरपश्चिमबाट ११ जना समानुपातिक सांसद बन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082