ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
अवसर त्यागेर उदाहरणीय बनिन् मन्दिरा
2082 General Parties

अवसर त्यागेर उदाहरणीय बनिन् मन्दिरा

Inquiry Nepal Inquiry Nepal March 16, 2026 at 10:50 PM 61 views
हेटौंडा ।  राजनीति वृत्तमा पदप्राप्तिका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढिरहेका बेला मकवानपुरकी मन्दिरा मुक्तानले भने प्राप्त अवसर त्यागेर फरक उदाहरण प्रस्तुत गर्नुभएको छ । श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानले सांसद नबन्ने घोषणा गर्नुभएको हो । उहाँको नाम आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा रहे पनि आदिवासी […]

हेटौंडा । 

राजनीति वृत्तमा पदप्राप्तिका लागि मरिहत्ते गर्ने प्रवृत्ति बढिरहेका बेला मकवानपुरकी मन्दिरा मुक्तानले भने प्राप्त अवसर त्यागेर फरक उदाहरण प्रस्तुत गर्नुभएको छ ।

श्रम संस्कृति पार्टीबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा नाम समावेश भएकी मुक्तानले सांसद नबन्ने घोषणा गर्नुभएको हो । उहाँको नाम आदिवासी महिला क्लस्टरमा पहिलो नम्बरमा रहे पनि आदिवासी जनजाति समुदायबाट प्रत्यक्षतर्फ निर्वाचित सांसदमार्फत प्रतिनिधित्व सुनिश्चित भइसकेको भन्दै आफूले अवसर त्यागेको उहाँले बताउनुभयो । सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी मुक्तानले भौगोलिक समावेशितालाई ध्यानमा राख्दै आफूले पाएको अवसर छाड्ने निर्णय गरेको बताउनुभयो ।

उहाँका अनुसार मधेश प्रदेश र कर्णाली प्रदेशको प्रतिनिधित्वलाई समेत समेट्नु आवश्यक देखिएकाले समानुपातिक सांसद नबन्ने निर्णय लिइएको हो । आफूले पैसा लिएर उम्मेदवारी फिर्ता लिएको भन्ने आरोपसमेत आएको उल्लेख गर्दै मुक्तानले त्यो आरोप निराधार भएको बताउनुभयो । पार्टीको हित र समावेशी प्रतिनिधित्वको भावनाअनुसार स्वेच्छिकरुपमा नाम फिर्ता लिएको उहाँको भनाइ छ ।

तीन महिना अवधिमा राष्ट्रिय पार्टी बन्न सफल भएको श्रम संस्कृति पार्टीले सबै भूगोल र समुदायलाई समेट्नुपर्ने भएकाले यस्तो निर्णय लिइएको उहाँको भनाइ छ । पार्टीको दबाबभन्दा पनि आफ्नै इच्छाले उम्मेदवारी फिर्ता लिएको उहाँले दोहो¥याउनुभयो । मुक्तानको स्थानमा मधेश प्रदेशको धनुषाबाट मधेशी क्लस्टरअन्तर्गत रुविकुमारी ठाकुरलाई समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ । आफू प्रत्यक्ष निर्वाचन लड्नसक्ने क्षमता भएको बताउँदै मुक्तानले आगामी प्रदेशसभा वा स्थानीय तहको निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिने तयारी रहेको बताउनुभयो ।

हेटौंडा–१९ की मुक्तान विगत एक दशकभन्दा बढी समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । यसअघि उहाँले करिब आठ वर्ष नेसनल मंगोल अर्गनाइजेसन पार्टीमा केन्द्रीय सदस्यका रुपमा काम गर्नुभएको थियो । मकवानपुर जिल्लामा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट १ हजार ६ सय २४ र क्षेत्र नम्बर–२ बाट १ हजार ४ सय ६७ मत प्राप्त गरेको छ ।

parties election 2082