ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
जनताले दिएको मतलाई एमालेले सम्मान गर्छ: पोखरेल
2082 General Parties

जनताले दिएको मतलाई एमालेले सम्मान गर्छ: पोखरेल

Inquiry Nepal Inquiry Nepal March 16, 2026 at 8:30 PM 58 views
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताएका छन्।...

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्ने बताएका छन्।

ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा सोमबार प्रदेश तथा जिल्ला अध्यक्षसँग ‘भर्चुअल’ बैठकलाई सम्बोधन गर्दै उनले आममतदाताले एमालेसँग सम्बन्धविच्छेद नगरेको बताए।

उनले अध्यक्ष केपी शर्मा ओली, एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताए। उनले छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनसक्ने धारणा राखे।

parties election 2082