ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
खाना पकाउने क्रममा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु
2082 General Election

खाना पकाउने क्रममा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 1:27 PM 52 views
महेन्द्रनगर। कञ्चनपुरमा एक निर्वाचन प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्ती स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो। सोमबार राति खाना पकाउने क्रममा अचानक बेहोस भएका उनलाई उपचारका लागि धनगढी स्थित […]

महेन्द्रनगर।

कञ्चनपुरमा एक निर्वाचन प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्ती स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।

सोमबार राति खाना पकाउने क्रममा अचानक बेहोस भएका उनलाई उपचारका लागि धनगढी स्थित निशर्ग अस्पताल लगिएको थियो। उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रवक्ता शाहीका अनुसार राना उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

election election 2082