ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
प्रभु साहको प्रश्न, ‘समानुपातिकमा मधेशी दलितको स्थान शुन्य किन ?’
2082 General Parties Update

प्रभु साहको प्रश्न, ‘समानुपातिकमा मधेशी दलितको स्थान शुन्य किन ?’

Inquiry Nepal Inquiry Nepal March 16, 2026 at 6:15 PM 74 views
<p>काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शुन्य स्थान किन भन्दै नयाँ र पुराना दलहरुसंग प्रश्न गरेका छन् । प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शून्य स्थान दिनुलाई सामाजिक विभेद र दुर्भाग्यपूर्ण घटना भएको उनले बताएका छन् । ‘नयाँ पार्टी र पुराना पार्टीमा किन कुनै [&#8230;]</p> <p>The post प्रभु साहको प्रश्न, ‘समानुपातिकमा मधेशी दलितको स्थान शुन्य किन ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक...

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शुन्य स्थान किन भन्दै नयाँ र पुराना दलहरुसंग प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको समानुपातिक सूचीमा मधेशी दलित समुदायलाई शून्य स्थान दिनुलाई सामाजिक विभेद र दुर्भाग्यपूर्ण घटना भएको उनले बताएका छन् ।

‘नयाँ पार्टी र पुराना पार्टीमा किन कुनै अन्तर देखिएन रु दलितमा पनि बढ़ी अपहेलित मधेशी दलितप्रतिको यो विभेदले निर्वाचन प्रणाली र पुरै संवैधानिक ब्यवस्था माथी नै प्रश्न खड़ा गरेकोछ । यो बिभेद देशकै लागि दुर्भाग्य हो,’ साहले भने ।

दलित समुदायभित्र पनि अझ बढी अपहेलित मधेशी दलितलाई पूर्ण रूपमा बेवास्ता गर्नु सामाजिक न्याय र समावेशी लोकतन्त्रको सिद्धान्त विपरीत भएको उनले जनाएका छन् ।

साथै उनले नयाँ दल र पुराना दलबीच कुनै फरक नदेखिएको उल्लेख गर्दै, सबैले मधेशी दलितको प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको बताए । साहका अनुसार, यो विभेदले देशको लोकतान्त्रिक अभ्यास र संवैधानिक संरचनामाथि गम्भीर चुनौती खडा गरेको छ ।

अध्यक्ष साहले सबै राजनीतिक दललाई मधेशी दलितको अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गर्दै, राज्यका सबै निकायमा समान अवसर र सम्मानजनक सहभागिता सुनिश्चित गर्न जोड दिएका छन् ।

The post प्रभु साहको प्रश्न, ‘समानुपातिकमा मधेशी दलितको स्थान शुन्य किन ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082