ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
नेकपा खोटाङका उम्मेदवार डा.रोकाको निर्वाचन खर्च २८ लाख
2082 General Candidates

नेकपा खोटाङका उम्मेदवार डा.रोकाको निर्वाचन खर्च २८ लाख

Inquiry Nepal Inquiry Nepal March 16, 2026 at 4:47 PM 39 views
खोटाङ।  नेपाली कम्युनिष्ट पार्टी खोटाङबाट उम्मेदवार डा. हरी रोकाले निर्वाचनका लागि २८ लाख दुई हजार खर्च गरेका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवार रोकाको लागि विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको हो ।   रोकाको तर्फबाट विभिन्न नौं शीर्षकमा भएको खर्च बिवरण चैत्र १ गते जिल्ला निर्वाचन कार्यालय खोटाङमा पेस गरेका […]

खोटाङ। 

नेपाली कम्युनिष्ट पार्टी खोटाङबाट उम्मेदवार डा. हरी रोकाले निर्वाचनका लागि २८ लाख दुई हजार खर्च गरेका छन् । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवार रोकाको लागि विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको हो ।  

रोकाको तर्फबाट विभिन्न नौं शीर्षकमा भएको खर्च बिवरण चैत्र १ गते जिल्ला निर्वाचन कार्यालय खोटाङमा पेस गरेका छन् । उम्मेदवार रोकाको निर्वाचन प्रतिनिधि होमकाजी आचार्य(विनोद)का अनुसार सबैभन्दा बढी बुथका लागि खर्च भएको छ । १ सय ९५ वटा बुथमा १४ लाख १५ हजार रुपैंयाँ खर्च भएको प्रतिनिधि आचार्यले उल्लेख गरेका छन्  ।

यस्तै, ३ लाख ५५ हजार रुपैंयाँ ईन्धनमा, ३ लाख ५० हजार अपील, प्रतिबद्दतापत्र तथा नमुना मतपत्र छपाई र २ लाख १० हजार रुपैंयाँ गाडी भाडाका लागि खर्च गरिएको छ ।  बुझाईएको बिवरणमा १ लाख ८५ हजार रुपैंयाँ सचिवालय सञ्चालन, १ लाख ८२ हजार रुपैंयाँ खाना तथा खाजा ९२ हजार मिडियामा प्रचारप्रसारका लागि खर्च भएको छ । रोकाको १० हजार रुपैंयाँ मनोनयन खर्च र ३ हजार रुपैंयाँ जिल्लाभरीको मतदाता नामावली खरिदमा खर्च  भएको छ ।

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेको जिल्लाबाट डा. हरि रोकाले नौँ हजार ४ सय ४३ मत ल्याउँदै चौथो स्थानमा रहेका थिए । १६ हजार ६ सय १२ मत प्राप्त गरी श्रम संस्कृति पार्टीका आरेन राई निर्वाचित भएका छन् । एक निर्वाचन क्षेत्र तथा दश स्थानीय तह रहेको जिल्लामा १ सय ३६ वटा मतदानस्थल रहेको छ ।  खोटाङमा कुल एक लाख ४७ हजार १ सय २० मतदातामध्ये ६२ हजार ५ सय ६६ मत खसेको थियो ।

प्रत्यक्षतर्फ खसेको मतमध्ये तीन हजार ९ सय २८ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिएका छन् ।

candidates election 2082