दाङ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवमाथि छानबिन सुरु गरिएको छ । निर्वाचन प्रहरीको विषयलाई लिएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीमाथि लागेको विवादास्पद आरोपको अनुसन्धान गर्न विशेष समिति गठन गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले मिति २०८२ फागनु १२ गते एसपी पुष्प मल्लको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।
छानबिन प्रक्रिया चलिरहँदा यादवलाई रुकुम पूर्वको जिम्मेवारीबाट हटाएर फागुन २३ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा तानिएको छ भने उनको ठाउँमा डीएसपी केशव ज्ञवालीलाई पठाइएको छ । प्रदेश प्रहरीका अनुसार फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका तीन जना निर्वाचन प्रहरीसँग सम्बन्धित विवादपछि यो विषय सार्वजनिक भएको हो । ती प्रहरीहरूलाई भर्ना गरे पनि आवश्यक तालिम नदिएको र ड्युटीमा पनि नखटाएको भन्दै विरोध जनाएपछि घटनाले चर्चा पाएको थियो ।
यादवले आफ्नै जिल्ला बाराबाट ३ जनालाई रुकुम पूर्व बोलाएर निर्वाचन प्रहरीमा भर्ना गरेको आरोप लागेको छ । उनीहरूलाई नाता–सम्बन्धका आधारमा भर्ना गरिएको र काममा नखटाई सेवा–सुविधा दिइएको भन्ने आरोपसमेत उठेको छ ।
घटना’bout छानबिन समितिले आवश्यक तथ्य संकलन गरिरहेको र प्रतिवेदनपछि थप निर्णय हुने प्रहरी स्रोतले जनाएको छ । छानबिन समितिले मंगलबारसम्म प्रदेश प्रहरीमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
The post डीएसपी यादवमाथि छानबिन गर्न एसपीको संयोजकत्वमा समिति गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....