ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम
2082 General Commission

नेकपाले टुंग्यायो समानुपातिक सांसदको नाम

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 8:33 PM 65 views
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन् । नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्माको नाम सूचीमा परेको हो । हमाल यसअघि नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठ नेतामध्येमा गनिन्थे भने विश्वकर्मा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । यससँगै नेकपाको कूल […]

काठमाडौँ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकतर्फका सांसदको सूचीमा सहसंयोजक माधवकुमार नेपाल पक्षका दुई जना समेटिएका छन् ।

नेपाल पक्षबाट प्रमेश हमाल र गणेश विश्वकर्माको नाम सूचीमा परेको हो । हमाल यसअघि नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठ नेतामध्येमा गनिन्थे भने विश्वकर्मा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

यससँगै नेकपाको कूल सांसद संख्यामा नेपाल पक्षको हिस्सा तीन पुगेको छ । नेपाल पक्षका धनबहादुर बूढा डोल्पाबाट प्रत्यक्ष निर्वाचित भएका छन् ।

तर, स्वयं माधवकुमार नेपाल भने निर्वाचित हुन सकेनन् । रौतहट–१ मा उनी चौथो स्थानमा सीमित भएका थिए । नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ । तीमध्ये ५ जना पुरुष र ४ जना महिलाको नाम आयोगमा पठाइएको नेकपाका एक नेताले जानकारी दिए ।

समानुपातिकतर्फ नेकपाले पठाएको सूचीमा बलावती शर्मा, प्रमेश हमाल, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरा रहेका छन् ।

नेकपाले प्रत्यक्षतर्फ भने ८ सिट जितेको छ ।

commission election 2082