ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
रास्वपाले बुझाएको समानुपातिकतर्फ ५७ जनाको नाम, छुटे प्रमोद र प्रकाश (नामसहित)
2082 General Parties

रास्वपाले बुझाएको समानुपातिकतर्फ ५७ जनाको नाम, छुटे प्रमोद र प्रकाश (नामसहित)

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 8:06 PM 52 views
समावेशी प्रावधानअनुसार खस आर्यतर्फ १७ जना, आदिवासी जनजातितर्फ १६ जना, मधेसीतर्फ ९ जना, दलिततर्फ ८ जना, थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना समावेश गरिएका छन्।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ प्राप्त ५७ सिटका लागि निर्वाचित हुने उम्मेदवारहरूको नामावली निर्वाचन आयोगमा पेस गरेको छ। पार्टीले विभिन्न समावेशी समूहअनुसार सूची तयार गरी आयोगमा बुझाएको जनाएको छ।

रास्वपाले खस आर्य, आदिवासी जनजाति, मधेसी, दलित, थारु र मुस्लिम समुदायका प्रतिनिधित्व सुनिश्चित गर्दै ५७ जनाको सूची पेस गरेको हो। समावेशी प्रावधानअनुसार खस आर्यतर्फ १७ जना, आदिवासी जनजातितर्फ १६ जना, मधेसीतर्फ ९ जना, दलिततर्फ ८ जना, थारुतर्फ ४ जना र मुस्लिमतर्फ ३ जना समावेश गरिएका छन्। सूचीमा ४८ महिला र ९ पुरुषको नाम छ।

प्रत्यक्षतर्फ जित्नेमा पुरुषको संख्या बढी भएपछि संवैधानिक व्यवस्थाअनुसार ३३ प्रतिशत महिलाको उपस्थिति पुर्याउन रास्वपाले समानुपातिकमा बढी महिलालाई समेटेको हो। खसआर्यतर्फ बन्द सूचीको पहिलो नम्बरमा रमेश प्रसाईं सिफारिमा परेका छन् भने दोस्रोमा रहेका सुदीप ढकाल र तेस्रोमा रहेका प्रमोद न्यौपाने छुटेका छन्।

दलितकोटामा पनि पुरुषमा प्रकाशचन्द्र परियार सिफारिस हुँदा दोस्रो नम्बरमा रहेका प्रकाश सपुत र रुपक घिमिरे समेटिन सकेनन् । दलितकै महिलातर्फ रिमा विश्वकर्मालगायत भने सिफारिसमा परे ।

पार्टीको आइतबार बसेको सचिवालय बैठकले यसअघि तयार गरिएको बन्दसूचीबाटै विभिन्न ६ समूहका उम्मेदवार छनोट गरी आयोगमा पठाउने निर्णय गरेको थियो। सूचीमा महिलाको उल्लेख्य सहभागिता रहेको छ भने केही क्लस्टरबाट पुरुष उम्मेदवार पनि समावेश गरिएको पार्टीले जनाएको छ।

रास्वपाले पेस गरेको सूचीमा खस आर्यतर्फ अधिकांश महिला उम्मेदवार रहेका छन् भने आदिवासी जनजाति, मधेसी र दलित समुदायबाट पनि महिलाको प्रतिनिधित्व बढी देखिएको छ। थारु र मुस्लिम समुदायबाट समेत समावेशी प्रतिनिधित्व सुनिश्चित गरिएको पार्टीले बताएको छ।

निर्वाचन आयोगले कानुनी प्रक्रिया पूरा भएपछि उक्त नामावलीका आधारमा प्रतिनिधिसभाका समानुपातिक सदस्यहरूको अन्तिम घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ।

खस आर्यबाट १६ महिला र एक पुरुष

प्रतिभा रावल

रचना खतिवडा

लिमा अधिकारी

विदुषी राणा

समीक्षा बास्कोटा

श्रद्धा कुँवर

टीका सङ्ग्रौला

क्रान्ति शिखा धिताल

आकृति अवस्थी

सृष्टि भट्टराई

मञ्जु भुसाल

प्रभा कार्की

शोभा खनाल

रत्ना कुमारी थापा

ज्ञानु पौडेल

प्रभा ढकाल

रमेश प्रसाईँ

आदिवासी जनजातितर्फका १३ महिला र ३ पुरुष

बसुमाया तामाङ

गङ्गा छन्त्याल

सुन्नीमा उदास

अनुष्का श्रेष्ठ

ओजस्वी शेरचन

सिर्जना श्रेष्ठ

रजनी श्रेष्ठ

कुसुम महर्जन

भूमिका श्रेष्ठ

प्रमीला कुलुजु

सुजाता तामाङ

कृपा महर्जन

एलिजा गुरुङ

राम लामा

खुश्बु सरकार श्रेष्ठ

मिङ्मा ग्याबु शेर्पा

मधेसीबाट ६ महिला र ३ पुरुष

पुनमकुमारी अग्रवाल

पुनमकुमारी अग्रवाल

निशा मेहता

ललिता कुमारी

अंकिता ठाकुर

सरिता महतो

कामिनी कुमारी

पुरुषोत्तम सुप्रभात यादव

खगेन्द्र कर्ण

दलितबाट ७ महिला १ पुरुष

रीमा विश्वकर्मा

अमृता विक

सीता बादी

स्मृति सेन्चुरी

सुष्मा स्वर्णकार

तारा विश्वकर्मा

खिमा विक

प्रकाशचन्द्र परियार

थारुबाट २ महिला २ पुरुष

गीता चौधरी

करिस्मा कठरिया

सुरेन्द्र चौधरी

प्रेमलाल चौधरी

मुस्लिमबाट ३ महिला

समिना मिया

अफ्साना बानु

गलाजा शमीम मिकरानी

parties election 2082