ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मातृका सांसद नै रहने, किशोरीको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश
2082 General Candidates

मातृका सांसद नै रहने, किशोरीको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 7:25 PM 52 views
काठमाडौँ। सर्वोच्च अदालतले प्रतिनिसिभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । योसँगै निर्वाचन आयोगले विजेताको प्रमाणपत्र दिएका नेपाली कम्युनिस्ट पार्टी […]

काठमाडौँ।

सर्वोच्च अदालतले प्रतिनिसिभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । योसँगै निर्वाचन आयोगले विजेताको प्रमाणपत्र दिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादवलाई सांसदको शपथ लिने बाटो खुलेको छ ।

धनुषा–१ मा आफ्नो उम्मेदवारी खारेज र नेकपाका यादवलाई विजयी घोषणा गरेपछि साह सर्वोच्चमा गएका थिए । धनुषा–१ मा रास्वपाबाट उम्मेदवारी दिएका साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले मतदानको दुईदिन अघि उनको उम्मेदवारी खारेज गरेको थियो ।

मतगणनापछि निर्वाचन अधिकृतको कार्यालयले नेकपाका उम्मेदवार यादवलाई विजयी भएको प्रमाणपत्र दिएको थियो । त्यसविरुद्ध पनि साहले सर्वोच्चमा रिट दायर गरेका थिए ।

candidates election 2082