ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
साहको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
2082 General Candidates Update

साहको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 6:31 PM 56 views
<p>काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका धनुषा क्षेत्र नं –१ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज [&#8230;]</p> <p>The post साहको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैन...

काठमाडौं । सर्वोच्च अदालतले रास्वपाका धनुषा क्षेत्र नं –१ का उम्मेदवार किशोरी साह कमलको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

आइतबार न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले किशोरी साह कमलले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

निर्वाचन आयोगले फागुन १९ गते साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको उजुरीका आधारमा आयोगले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।

आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साह सर्वोच्च गएका थिए । यसअघि शुक्रबार सर्वोच्च अदालतले नै साहलाई कालोसूचीबाट हटाउन आदेश दिएको थियो । कर्जा सूचना केन्द्रले नै उनको नाम कालोसूचीबाट हटाउने पत्र पठाएपछि सर्वोच्चले त्यही अनुसार आदेश जारी गरेको थियो ।

कालो सूचीबाट हटाउने आदेश भए पनि सर्वोच्चले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध आदेश गर्दै उनलाई सांसद घोषणा गर्न भने अस्वीकार गरेको हो।

यसअघि आयोगले यो क्षेत्रमा दोस्रो बढि मत ल्याएका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका प्रसाद यादवलाई सांसदको प्रमाण पत्र दिइसकेको छ।

किसोरीको उम्मेदवारी खारेज भए पनि आयोगले उनको चुनाव चिह्नमा आएको मतको विवरण पनि राखेको थियो। त्यतिबेलै आयोगले पछि सर्वोच्चको आदेश अनुसार हुने भन्दै यादवलाई प्रमाण पत्र दिने निर्णय गरेको थियो ।

The post साहको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082