ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
काँग्रेसले टुंग्यायो समानुपातिकका २० सांसद, १५ महिला अनिवार्य
2082 General Parties

काँग्रेसले टुंग्यायो समानुपातिकका २० सांसद, १५ महिला अनिवार्य

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 4:02 PM 55 views
काठमाडौँ। नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ । आइतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसदहरु छानेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य […]

काठमाडौँ।

नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ ।

आइतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ ।

सोहीअनुसार सांसदहरु छानेको काँग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकोले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको बताए ।

उनले विभिन्न कलष्टर मिलाएर समानुपातिक सांसद छानेको र आईतवार नै निर्वाचन आयोगमा बुझाइने जानकारी दिए । उनकाअनुसार आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५ जना महिला चयन गरिएको छ । १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर सांसद चयन गरिएको उनले जनाकारी दिए ।

उनले पार्टीले पठाएको नामलाई निर्वाचन आयोगले रुजु गरेर सार्वजानिक गर्ने बताए । उनले भने, ‘संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्छ । राष्ट्रिय सभा सबै हिसाव गर्दा अहिले हामीले २० जना प्रतिनिधि छान्दा १५ जना महिला अनिवार्य छ । त्यस्तै ती महिलामध्ये सबै क्लष्टर मिलाउँदा आदिवासी जनजातीबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेसी, मुस्लिम र पिछडिएको क्षेत्र बाँकी मिलाएर कुल ५, जम्मा २० मध्ये १५ जना अनिवार्य महिला र बाँकी सबै समावेशी गरेर हामीले पठाउने हो ।

हामीले यसलाई निर्णय गरिसेकेका छौँ । यो बन्दसूची निर्वाचन आयोगमा आजै पठाउँछौँ । त्यसपछि त्यहाँ केही कलष्टरहरुमा तलमाथी परेमा सच्याउने सुविधा पनि पाईन्छ, यहाँभन्दा अगाडी जे समानुपातिक सूची पठाइएको थियो, त्यसमा धेरै फेरबदल गर्ने सुविधा प्राप्त हुँदैन । यसैमा आधारित भएर हामीले निर्णय गरेका छौँ । यो आजै निर्वाचन आयोगमा बुझाउँछौ र निर्वाचन आयोगले सार्वजानिक गर्छ ।’

उनले निर्वाचनको समिक्षाको लागी केही दिन भित्रै केन्द्रिय कार्य समितिको बैठक बोलाउने जानकारी दिए ।

parties election 2082