ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
समानुपातिकतर्फ ४८ महिला र ९ पुरुषको नाम टुंगो लाग्यो : रास्वपा
2082 General Parties

समानुपातिकतर्फ ४८ महिला र ९ पुरुषको नाम टुंगो लाग्यो : रास्वपा

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 1:36 PM 45 views
खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ।

आज बसेको सचिवालय बैठकले खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

विधिले माग गरेअनुसार ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको र नामावली आजै निर्वाचन आयोगमा बुझाउने उनको भनाइ छ।

निर्वाचन आयोगले यी नामावली रुजु गरेर प्रमाणित गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए।

parties election 2082