ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मौन अवधिमा पनि मतदाता भेट्दै उम्मेदवार गजुरेल
2082 General Candidates

मौन अवधिमा पनि मतदाता भेट्दै उम्मेदवार गजुरेल

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 10:53 AM 49 views
सिन्धुली । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधि लागू भइसकेपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी का सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेल मतदाता भेटघाटमा संलग्न भएको पाइएको छ । आज बिहान करिब १० बजे कमलामाई नगरपालिका–४ हिरापानी चेकपोस्ट नजिकै उम्मेदवार गजुरेल प्रत्यक्ष रूपमा मत माग्दै गरेको अवस्थामा भेटिएको हो । उक्त दृश्य नेपाल समाचार पत्र सिन्धुलीका […]

सिन्धुली ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधि लागू भइसकेपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी का सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेल मतदाता भेटघाटमा संलग्न भएको पाइएको छ ।

आज बिहान करिब १० बजे कमलामाई नगरपालिका–४ हिरापानी चेकपोस्ट नजिकै उम्मेदवार गजुरेल प्रत्यक्ष रूपमा मत माग्दै गरेको अवस्थामा भेटिएको हो । उक्त दृश्य नेपाल समाचार पत्र सिन्धुलीका संवाददाता बुद्ध नेपालीले तस्बिरमा कैद गरेका छन् ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा कुनै पनि उम्मेदवार वा राजनीतिक दलले मतदातासँग भोट माग्ने, प्रचार–प्रसार गर्ने वा प्रभाव पार्ने गतिविधि गर्न नपाउने व्यवस्था रहेको छ । यस सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

candidates election 2082