ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
पराजयको कारण खोज्न कांग्रेसको निर्देशन
2082 General Results Result

पराजयको कारण खोज्न कांग्रेसको निर्देशन

Inquiry Nepal Inquiry Nepal March 15, 2026 at 9:32 AM 53 views
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएको भन्दै पराजयका कारणबारे विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश र जिल्ला कार्यसमिति तथा उम्मेदवारहरूलाई परिपत्र जारी गर्दै निर्वाचन परिणामको समीक्षा गरी हारका कारण केन्द्रमा पठाउन निर्देशन दिएको हो। महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा निर्वाचनको नतिजा निराशाजनक आएको उल्लेख […]

काठमाडौं ।

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएको भन्दै पराजयका कारणबारे विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश र जिल्ला कार्यसमिति तथा उम्मेदवारहरूलाई परिपत्र जारी गर्दै निर्वाचन परिणामको समीक्षा गरी हारका कारण केन्द्रमा पठाउन निर्देशन दिएको हो।

महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलद्वारा हस्ताक्षरित परिपत्रमा निर्वाचनको नतिजा निराशाजनक आएको उल्लेख गर्दै आत्मसमीक्षा गर्न आग्रह गरिएको छ।

पार्टीको विधानअनुसार जिल्ला र प्रदेशमा अनुशासन समिति गठन गरी संयोजक तथा सदस्यहरूको विवरण केन्द्रीय कार्यालयमा पठाउन पनि भनिएको छ।

केन्द्रीय कार्यालयले निर्वाचन समीक्षा प्रतिवेदन आगामी चैत्र ३ गतेभित्र पठाइसक्न समयसीमा तोकेको जनाएको छ।

results election 2082