ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
दाताले दिएको २७ लाख रुपैयाँ अझै बाँकी छ : महावीर पुन
2082 General Election

दाताले दिएको २७ लाख रुपैयाँ अझै बाँकी छ : महावीर पुन

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 7:47 PM 41 views
चुनावको लागि २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अझै २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी भएको उनले फेसबुकमार्फत जानकारी गराएका हुन्।...

प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट निर्वाचित महावीर पुनले चुनावको लागि दाताले दिएको २७ लाख रुपैयाँ अझै बाँकी भएको बताएका छन्।

चुनावको लागि २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अझै २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी भएको उनले फेसबुकमार्फत जानकारी गराएका हुन्।

बाँकी रकम बेनीमा पाँच वर्षको लागि आफ्नो सम्पर्क कार्यालय खोलेर गाउँघरबाट सदरमुकाममा सरकारी कामकाजले जानेहरुको लागि निशुल्क सहयोग गर्न प्रयोग गरिने उनले स्पष्ट पारेका छन्। चुनावको लागि आफूलाई ५६ लाख ३७ हजार ८९३ रुपैयाँ ४७ पैसा सहयोग प्राप्त भएको उनको भनाइ छ।

४५ दिनसम्म १० देखि १६ जनाको टिम बिहान ७ देखि राती १० बजेसम्म म्याग्दीको सबै दुर्गम गाउँहरु दुईदुई पटक घुमेर प्रचारप्रसार गरेको उनले बताएका छन्।

election election 2082