ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
उम्मेदवारद्वारा घुम्ती होली मिलन
2082 General Candidates Update

उम्मेदवारद्वारा घुम्ती होली मिलन

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 7:57 AM 61 views
<p>राजविराज । तराई मधेशमा रगंहरुको पर्व होलीको पूर्व सन्धयामा एक उम्मेदवारले घुम्ती होली मिलन समारोहको आयोजना गरी पर्व सगै मतदाताको मन जित्ने प्रयास गरेका छन । सप्तरीको क्षेत्र नं.२ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका डा.दिपक चौधरीले सोमवार सदरमुकाम राजविराज तथा आसपासका क्षेत्रमा घुम्ती होली मिलन समारोहको आयोजना गरी पर्व मनाउने संगै मतदाताको मन [&#8230;]</p> <p>The post उम्मेदवारद्वारा घुम्ती होली मिलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-Rajdhani...

राजविराज । तराई मधेशमा रगंहरुको पर्व होलीको पूर्व सन्धयामा एक उम्मेदवारले घुम्ती होली मिलन समारोहको आयोजना गरी पर्व सगै मतदाताको मन जित्ने प्रयास गरेका छन ।

सप्तरीको क्षेत्र नं.२ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका डा.दिपक चौधरीले सोमवार सदरमुकाम राजविराज तथा आसपासका क्षेत्रमा घुम्ती होली मिलन समारोहको आयोजना गरी पर्व मनाउने संगै मतदाताको मन जित्ने प्रयास गरेका हुन ।

फागुन २१ गते हुने प्रतिनीधीसभा सदस्य निर्वाचन अन्तर्गत चुनाव प्रचार प्रसार गर्ने अन्तिम दिन सोमवार सम्म मात्रै हो । यसैलाई ध्यानमा राखी मतदाता संग होली पनि मनाउने र मतदानका लागी सहयोग माग्ने उदेश्यका साथ घुम्ती होली मिलन समारोहको आयोजना गरीएको डा.चौधरीले बताए ।

आफ्ना सर्मथक र कार्यकर्ताका साथ रंग अबिर लिएर मतदाताका घर÷घर र पसल÷पसल पुगेका उनले एक आपसमा रंग अबिर लगाएर शुभकामना दिदै आर्शिवाद र आफनो पक्षमा मत दिन आग्रह गरेका थिए । सो क्रममा उनले शान्त र मर्यादित भएर होली पर्व मनाउन सबैलाई आग्रह समेत गरेका थिए ।

पर्यवेक्षकलाई सुझाव
आसन्न प्रतिनीधीसभाको निर्वाचनमा जिल्लामा खटिने पर्यवेक्षकलाई आवश्यक तालिम प्रदान गरिएको छ ।

सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा खटिने राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिती (नियोक) का प्रतिनीधीहरुलाई सोमवार आवश्यक तालिम प्रदान गरिएको हो ।

उक्त संस्थाबाट २ महिला सहित ११ जना तालिम प्राप्त प्रतिनीधी निर्वाचन पर्यवेक्षणका लागी परिचालित हुने भएको अध्यक्ष जंग बहादुर सिंहले जानकारी दिए ।

तालिम पश्चात उनीहरुलाई आवश्यक सामग्री सहित सोमवार नै जिम्मेवारी तोकिएको क्षेत्रका लागी विदाई गरिएको छ । सो अवसरमा प्रमुख अतिथी मधेशी आयोगका सदस्य आभा सेतु सिंहले पर्यवेक्षकहरुलाई आफनो जिम्मेवारी स्वतन्त्र, निश्पक्ष तथा वस्तुनिष्ठ रुपमा निर्वाह गर्न आग्रह गरिन ।

पर्यवेक्षण गर्दा निर्वाचन कार्यमा कुनै बाधा नपु-याउने गरी काम गर्न अनुरोधका साथ उनले पर्यवेक्षकले निर्वाचन आयोगबाट जारी निर्वाचन आचार सहिताको परिधीमा रही काम गर्नु पर्नेमा जोड दिईन ।

The post उम्मेदवारद्वारा घुम्ती होली मिलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082