ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
नेपाली कांग्रेस ८४ स्थानमा दोस्रो
2082 General Results

नेपाली कांग्रेस ८४ स्थानमा दोस्रो

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 9:56 AM 45 views
काठमाडौं । देशभरका १ सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस ८४ स्थानमा दोस्रो भएको छ ।निर्वाचन आयोगका अनुसार आयोगले सार्वजनिक गरेको मतगणना परिणामअनुसार कांग्रेसले सीमित सिट जिते पनि धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा दिएको देखिएको छ । आयोगका अनुसार नेकपा एमाले ४१ र नेपाली कम्युनिस्ट पार्टी १७ निर्वाचन क्षेत्रमा दोस्रो भएका छन् । प्रत्यक्षतर्फ १२५ […]

काठमाडौं ।

देशभरका १ सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस ८४ स्थानमा दोस्रो भएको छ ।
निर्वाचन आयोगका अनुसार आयोगले सार्वजनिक गरेको मतगणना परिणामअनुसार कांग्रेसले सीमित सिट जिते पनि धेरै क्षेत्रमा कडा प्रतिस्पर्धा दिएको देखिएको छ ।

आयोगका अनुसार नेकपा एमाले ४१ र नेपाली कम्युनिस्ट पार्टी १७ निर्वाचन क्षेत्रमा दोस्रो भएका छन् । प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल समान ६–६ निर्वाचन क्षेत्रमा दोस्रो स्थानमा देखिएका छन् ।
श्रम संस्कृति पार्टी पुराना दलहरूलाई पछि पार्दै चार क्षेत्रमा उपविजेता बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नागरिक उन्मुक्ति पार्टी, नेपाल, नेपाल संघीय समाजवादी पार्टी र स्वाभिमान पार्टी एक–एक क्षेत्रमा दोस्रो भएका छन् । यस्तै कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवार उपविजेता बनेका छन् ।

कोशी प्रदेशमा पर्ने १४ जिल्लाअन्तर्गतका २८ निर्वाचन क्षेत्रमध्ये चार सिटमा जित हासिल गरेको कांग्रेस १२ स्थानमा दोस्रो भएको छ । यस्तै, मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये एक स्थानमा जितेको कांग्रेस १३ सिटमा उपविजेता बनेको छ ।
आयोगका अनुसार तथ्यांकले कांग्रेसलाई गण्डकी प्रदेशका १२ निर्वाचन क्षेत्रमा र वागमती प्रदेशका २० निर्वाचन क्षेत्रमा दोस्रो देखाएको छ । त्यसै गरी लुम्बिनीका १२, कर्णालीका तीन र सुदूरपश्चिमका १० निर्वाचन क्षेत्रमा कांग्रेस उपविजेता भएको छ।

results election 2082