ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
समानुपातिक मतमा एमालेको गिरावट, पहिलोबाट तेस्रो दलमा खुम्चियो
2082 General Commission

समानुपातिक मतमा एमालेको गिरावट, पहिलोबाट तेस्रो दलमा खुम्चियो

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 10:04 AM 55 views
काठमाडौं । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो पार्टी बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) यसपटक तेस्रोमा खुम्चिएको छ । निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एमालले समानुपातिकतर्फ झन्डै आधा हिस्सा गुमाउँदै अब बन्ने संसद्मा तेस्रो दल हुने स्थिति बनेको हो । अघिल्लो पटक समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको थियो । […]

काठमाडौं ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ पहिलो पार्टी बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) यसपटक तेस्रोमा खुम्चिएको छ ।

निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनको तुलनामा एमालले समानुपातिकतर्फ झन्डै आधा हिस्सा गुमाउँदै अब बन्ने संसद्मा तेस्रो दल हुने स्थिति बनेको हो । अघिल्लो पटक समानुपातिकतर्फ २८ लाख ४५ हजार ६ सय ४१ मत ल्याएको थियो । यसपटक १४ लाख ५५ हजार ८ सय ८५ मत ल्याएको आयोगले जनाएको छ ।

२०७९ सालको निर्वाचनमा एमालेको तर्फबाट प्रत्यक्ष र समानुपातिक गरी ७८ जना सांसदको प्रतिनिधित्व भएको थियो । आयोगको अद्यावधिक विवरणअनुसार आगामी संसद्मा एमालेको २५ सांसदको प्रतिनिधित्व रहने देखिएको छ, जसमा प्रत्यक्षबाट ९ र समानुपातिकबाट १६ जनाको प्रतिनिधित्व रहने छ ।

अघिल्लो निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४४ स्थानमा जित हासिल गरेको थियो । एमालेले यसपटक ताप्लेजुङ, इलाम–२, संखुवासभा, धनकुटा, बाँके–२, दैलेख–२, अछाम–२, बझाङ, दार्चुलामा गरी ९ स्थानमा जित हासिल गरेको थियो ।
आयोगका अनुसार नेकपा एमाले ४१ स्थानमा निकटतम प्रतिस्पर्धी अर्थात् दोस्रो बनेको थियो । एमाले झापा–२, ४, ५, तेह्रथुम, भोजपुर, मोरङ–२, खोटाङ, उदयपुर–२ मा दोस्रो बनेको थियो ।

त्यसै गरी सिराहा–३, रौतहट–१, बारा–४, पर्सा–१, दोलखा, रामेछाप, सिन्धुली–१, धादिङ–१, भक्तपुर–२, मकवानपुर–२, लमजुङ, कास्की–२, नवलपुर–२, मुस्ताङ, म्याग्दीमा पनि दोस्रो बनेको थियो । गुल्मी–१ र २, पाल्पा–१, अर्घाखाँची, रूपन्देही–२, ४, ५, रूकुमपूर्व, दाङ–२ मा पनि एमाले दोस्रो बनेको थियो । बाँके–३, बर्दिया–१, डोल्पा, मुगु, कालिकोट, दैलेख–१, सुर्खेत–१, बाजुरा, डोटीमा पनि दोस्रो बनेको थियो । निर्वाचन परिणामअनुसार एमाले ६२ ठाउँमा तेस्रो भएको छ भने ४२ स्थानमा चौथो भएको थियो ।

मोरङ–५, उदयपुर–१, सप्तरी–४, रौतहट–२, नवलपरासी बर्दघाट सुस्तापूर्व–२, कैलाली–३ गरी ६ ठाउँमा पाँचौं बनेको थियो । मधेस प्रदेशअन्तर्गत सप्तरी–२, महोत्तरी–३, सर्लाही–२ मा एमाले सातौं भएको थियो । एमालेले यो निर्वाचनमा झापा, मोरङ, सुनसरीलगायत तराई–मधेसको ठूलो मताधार गुमाएको थियो ।

काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रको मताधार गुमाएको छ । ती स्थानका निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारहरूलाई धरौटी जोगाउन पनि गा¥हो भएको थियो ।

झापा–१, झापा–३, मोरङ–३, ४, ५, ६, सुनसरी–१, २, ४, सप्तरी–२, ३, ४, सिराहा–२, ४, महोत्तरी १, २, ३, सर्लाही १, २, ३, रौतहट–२, ३, ४, बारा–३, काठमाडौं–१, २, ३, ५, ७, ८, ९, १०, भक्तपुर–१, ललितपुर–२, ३, चितवन–२, ३, गोरखा–१, २, तनहुँ – १, रूपन्देही–१, ३, कपिलवस्तु–२, दाङ–१, नवलपरासी–१, २, कैलाली–१, ३, डडेलधुरा गरी ४९ स्थानमा एमालेको जमानत जफत भएको छ ।

उम्मेदवारी दर्ता गर्दा आयोगलाई बुझाइएको १० हजार रुपियाँ दस्तुर कुल सदर मतको १० प्रतिशत नकटाउनेले फिर्ता पाउँदैनन् ।

commission election 2082