ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
मतदाता गाउँ गएपछि सुनसान धनकुटा बजार
2082 General Parties Update

मतदाता गाउँ गएपछि सुनसान धनकुटा बजार

Inquiry Nepal Inquiry Nepal March 3, 2026 at 8:18 AM 58 views
<p>धनकुटा । केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो । जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति हुने गरेको थियो । [&#8230;]</p> <p>The post मतदाता गाउँ गएपछि सुनसान धनकुटा बजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-R...

धनकुटा । केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो ।

जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति हुने गरेको थियो । अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटा बजारमा बस्दै आएका छन् । त्यस्तै, बाहिरबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत सदरमुकाममै बसोबास गर्ने गर्छन् ।

सोमबारदेखि नै धनकुटा बजार चकमन्न देखिन थालेको छ । बजार सुनसान भएपछि धनकुटामा सोमबार होलीको रौनक नै देखिएन् । निर्वाचनको माहोल सुरु भएसँगै बजारमा बस्ने नेता–कार्यकर्ता र विद्यार्थीहरू प्रायः सबैजसो गाउँ फर्किएका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरु मतदान केन्द्रमा खटिएपछि बजार थप सुनसान बनेको हो ।

हाल धनकुटा बजारमा नागरिकको चाप उल्लेख्य रूपमा घटेको छ । सदरमुकामका अधिकांश होटल तथा पसलहरू बन्द हुन थालेका छन् । मतदानका लागि नागरिक आ–आफ्ना मतदान केन्द्रमा पुगेसँगै गाउँघर भने भरिभराउ भएका छन् ।

व्यापारिक केन्द्रका रुपमा परिचित धनकुटा बजारमा गाउँगाउँबाट विद्यार्थी अध्ययनका लागि, कर्मचारी रोजगारीका लागि तथा राजनीतिक दलका नेता–कार्यकर्ता राजनीतिक गतिविधिका लागि बस्ने गरेका छन् । तर, अहिले निर्वाचन केन्द्रित गतिविधिका कारण दलका नेता–कार्यकर्ता गाउँतिर होमिएका छन् । सधैंजसो बजार, पसल, चोक तथा चिया पसलमा हुने चुनावी चर्चा–परिचर्चा हुने स्थानहरू समेत अहिले सुनसान देखिन्छन् ।

धनकुटामा भोजपुर, संखुनासभा, तेह्रथुम लगायत पूर्वी पहाडी जिल्लाका साथै तराईका केही जिल्ला र समग्र कोशी प्रदेश बाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा ती विद्यार्थीहरू मतदानका लागि आ–आफ्ना गाउँ फर्किएपछि बजार तथा चोक–चौतारा सुनसान बनेका छन् ।

The post मतदाता गाउँ गएपछि सुनसान धनकुटा बजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082