ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
बोल्दाबोल्दै गयो ज्यान
2082 General Parties Analysis

बोल्दाबोल्दै गयो ज्यान

Inquiry Nepal Inquiry Nepal March 13, 2026 at 5:28 AM 62 views
<p>पोखरा । नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको असामयिक निधन भएको छ । पोखराका पूर्व मेयरसमेत रहेका थापाको बिहीबार दिउँसो हृदयघातका कारण ६६ वर्षको उमेरमै निधन भएको हो । प्रतिनिधि सभा सदस्यको चुनावको समीक्षाका लागि बिहीबार दिउँसो एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र समन्वय कमिटीको [&#8230;]</p> <p>The post बोल्दाबोल्दै गयो ज्यान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - On...

पोखरा । नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाको असामयिक निधन भएको छ । पोखराका पूर्व मेयरसमेत रहेका थापाको बिहीबार दिउँसो हृदयघातका कारण ६६ वर्षको उमेरमै निधन भएको हो ।

प्रतिनिधि सभा सदस्यको चुनावको समीक्षाका लागि बिहीबार दिउँसो एमाले कास्की जिल्ला पार्टी कार्यालयमा कास्की क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठक आह्वान गरिएको थियो । उक्त बैठकमा करिब १० मिनेटसम्म सम्बोधन गरेका थापा कुर्सीमा बसिरहेको बखत अचानक अचेत भएका थिए ।

तत्काल उपचारार्थ पोखरा–११, फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल लगिएकामा चिकित्सकले दिउँसो ३ बजेर ३७ मिनेटमा मृत घोषणा गरेका हुन् । उनको पार्थीव शरीर मणिपाल अस्पतालमै राखिएको छ ।

थापा गण्डकी प्रदेशसभाका पूर्व सदस्यसमेत हुन् । सानै उमेरदेखि राजनीतिमा सक्रिय उनी विभिन्न तह र तप्कामा बसेर सेवा गरे । जीवनको अन्तिम घडीसम्म पनि पार्टीकै कार्यक्रममा सहभागी हुँदै गर्दा प्राणपखेरु त्याग्न पुगे । यो घटनाले सबैलाई स्तब्ध बनाएको छ ।

२०५४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनी ५ वर्षसम्म अर्थात् २०५९ सम्म मेयर भई पोखराको विकास निर्माणमा सक्रिय रहे ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा उनी कास्की क्षेत्र नम्बर २ बाट चुनाव लडे । उक्त निर्वाचनमा पराजय व्यहोरे पनि ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा टिकट पाए । कास्की २ (१) बाट चुनाव जितेर प्रदेश सांसद बनेका उनी राजीनामा दिएर २०७९ सालमा पोखरा महानगरपालिकाको मेयर लडेका थिए । तर माओवादी केन्द्र, काँग्रेस र एकीकृत समाजवादीबाट गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले उनलाई पराजित गरे ।

जेनजी आन्दोलनपछि एमालेको महाधिवेशनमा थापा केन्द्रीय सदस्य चुनिए । साथै, पार्टीले उनलाई कास्की जिल्लाको इन्चार्जसमेत जिम्मेवारी दियो । विगतमा पनि उनी जिल्ला इन्चार्ज सम्हालिसकेका थिए ।

हालैको प्रतिनिधि सभा सदस्य चुनावमा कास्की–२ मा उनलाई एमाले केन्द्रीय सचिवालयले प्रत्यक्षतर्फ टिकट दिएको भए पनि पछि रश्मि आचार्यलाई दिइएको थियो । आफ्नो टिकट खोसिएकोमा भने थापा असन्तुष्टि थिए । तैपनि चुनाव प्रचारप्रसारमा आचार्यसँगै हिँडेका थिए । निर्वाचनमा एमालेले नराम्रो पराजय भोगेपछि थापाले आफू पार्टी हितको लागि जिल्लाको इन्चार्ज एवं पार्टीको केन्दैीय सदस्य पदसमेत त्याग्न तयार रहेको कुरा सार्वजनिक गरेका थिए ।

बिहीबारको चुनावी समीक्षा बैठकमा जिल्ला इन्चार्ज एवं पार्टीको केन्द्रीय सदस्य हैसियतले सबैको जिज्ञासाको जवाफ दिँदै चुनावमा हारको जिम्मेवारी दिन तयार रहेको दोहो¥याएका थिए । उनले सहभागीको प्रश्नलाई शान्त पारेपछि बैठक समापन भएको थियो । नेता–कार्यकर्ताबीच अनौपचारिक भेटघाट हुँदै गर्दा कुर्सीमा बसिरहेका थापालाई हृदयघात भएको प्रत्यक्षदर्शी नवराज बरालले बताए ।

थापाकोे असामयिक निधनले पार्टी पंक्ति, शुभचिन्तक, आफन्तजनलगायतले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दुःख व्यक्त गरिरहेका छन् ।

२०१६ चैत १६ गते पोखरा–१६, बाटुलेचौरमा उनको जन्म भएको हो । बाबु खिमबहादुर र आमा शुकमाया थापाको ज्येष्ठ सन्तानको रुपमा जन्मिएका थापा हक्की र निडर स्वभावका थिए । उनका श्रीमती डिकी छिरिङ्ग थापा, एक छोरा प्रतीक थापा, भाइ मोहन थापा र बहिनी देवी तिमिल्सेना थापा छन् ।

सानै उमेरदेखि अनेरास्ववियुको नेतृत्वदायी भूमिकामा रही उनी कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आए । २०४१ भदौ १६ गते तत्कालीन नेकपा (माले) को सदस्यता प्राप्त गरी निरन्तर पार्टी आन्दोलन हाँकेका थिए ।

नेकपा एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीले थापाको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको भनी दुःख व्यक्त गरेका छन् ।

वरिष्ठ पत्रकार बद्रीविनोद खनालले थापाको निधनसँगै ‘सामाजिक अभियन्ता, राजनीतिक चेतनाका संवाहक, कवि तथा गीतकारलाई गुमाउन पुगेको’ भनी दुःख व्यक्त गरेका छन् ।

थापा क्षेत्रीय समाज नेपालका सल्लाहकार समेत थिए । समाजका तर्फबाट अध्यक्ष रिवबहादुर थापा र महासचिव कृष्णबहादुर थापाले शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् ।

The post बोल्दाबोल्दै गयो ज्यान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082