ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
जनताको भोट नै सबैभन्दा ठूलो शक्ति : भावना राउत
2082 General Election

जनताको भोट नै सबैभन्दा ठूलो शक्ति : भावना राउत

Inquiry Nepal Inquiry Nepal March 1, 2026 at 3:34 PM 63 views
उनले पहिलोपटक संघीय निर्वाचनमा मतदान गर्न लागेको बताउँदै उनले यसपटक ‘घमण्डी शासकलाई पराजित गर्नुपर्ने अर्जेन्सी’ रहेको बताएकी छिन् ।...

जेन जी अभियन्ता भावना राउतले जनताको मत नै लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति भएको बताउँदै आगामी निर्वाचनमा सचेत ढंगले मतदान गर्न आह्वान गरेकी छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले विशेषगरी झापा–५ का मतदातालाई लक्षित गर्दै घर फर्केर मतदान गर्न आग्रह गरेकी छिन् ।

उनले पहिलोपटक संघीय निर्वाचनमा मतदान गर्न लागेको बताउँदै उनले यसपटक ‘घमण्डी शासकलाई पराजित गर्नुपर्ने अर्जेन्सी’ रहेको बताएकी छिन् । जेन जी आन्दोलन, मधेश आन्दोलनका क्रममा भएका दमन, विभिन्न हिंसात्मक घटना तथा विगत २०–३० वर्षका राजनीतिक निर्णयप्रति असन्तोष व्यक्त गर्दै उनले मतदाताले विगतका घटनाहरू स्मरण गर्नुपर्ने बताएकी छिन् ।

उनले विशेषगरी भदौ २३ र २४ मा भएका घटनाप्रति सम्बन्धित नेतृत्वले नैतिक जिम्मेवारी नलिएको भन्दै आत्मसमीक्षा र आत्मग्लानीको अभाव देखिएको बताइन्। उनले यस्ता पात्रलाई पुनः जिताइयो भने देशसँग राख्ने बाटो नहुने समेत बताएकी छिन् ।

काठमाडौं वा अन्य सहरमा बसिरहेका झापा–५ का मतदातालाई लक्षित गर्दै उनले सकेसम्म गाउँ फर्केर मतदान गर्न अपिल गरेकी छिन् । ‘पटक झापालीहरू राजनीतिक चेतमा पछि छैनौं भन्ने प्रमाणित गर्ने बेला आएको छ, परिवर्तनको बिगुल फुक्नुपर्ने अवस्था आएको छ।’ उनले भनेकी छिन्।

election election 2082