ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
अपेक्षाअनुसार चुनाव परिणाम आएन : रामहरि खतिवडा
2082 General Results Result

अपेक्षाअनुसार चुनाव परिणाम आएन : रामहरि खतिवडा

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 11:28 AM 48 views
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावअघि पार्टीले प्रत्यक्षतर्फ कम्तीमा ६० देखि ७० सिट जित्ने अपेक्षा गरे पनि अन्तिम नतिजा लज्जाजनक आएको बताएका छन्।...

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले चुनावअघि पार्टीले प्रत्यक्षतर्फ कम्तीमा ६० देखि ७० सिट जित्ने अपेक्षा गरे पनि अन्तिम नतिजा लज्जाजनक आएको बताएका छन्।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ का लागि बुधबार प्रधानसम्पादक गुणराज लुइँटेलसँग उनले यस्तो बताएका हुन्। उनले पार्टीको कमजोर प्रदर्शनलाई गम्भीर रूपमा लिइएको पनि बताए।

खतिवडाले भने, ‘हाम्रो पूर्वअनुमान र ग्राउन्ड रिपोर्टअनुसार प्रत्यक्षतर्फ ६० देखि ७० सिट आउँछ भन्ने पूर्ण विश्वास थियो तर परिणाम कल्पनाभन्दा बाहिर गयो, यो हाम्रा लागि लज्जाजनक अवस्था हो।’

उनले पार्टी नेतृत्वप्रति लक्षित गर्दै पुराना अनुहार र कार्यशैलीप्रति जनताको चरम वितृष्णा देखिएको औंल्याए। कांग्रेसकै गढ मानिएका क्षेत्रमा समेत पराजय भोग्नुपरेको विषयलाई उनले पार्टीभित्रको टिकट वितरण र आन्तरिक व्यवस्थापनको कमजोरीका रूपमा व्याख्या गरे। ‘जनताले हामीलाई पत्याएनन्, उनीहरूले नयाँ र युवा नेतृत्व खोजेका छन् भन्ने सन्देश यो चुनावले दिएको छ,’ खतिवडाले भने।

समानुपातिकतर्फ पनि कांग्रेसको मत खस्किएको विषयमा उनले पार्टीले गुटबन्दी र आसेपासेलाई मात्र च्याप्ने प्रवृत्ति अन्त्य नगरेसम्म सुधार सम्भव नभएको सुनाए।

उनले भने, ‘जनताले हामीलाई भोट नदिएर ठुलो पाठ सिकाएका छन्। अब पनि हामी सुध्रिएनौं र पुरानै शैलीमा चलिरह्यौं भने हाम्रो अवस्था झन् नाजुक बन्नेछ।’

results election 2082