ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

ओलीले भने-‘जनताको फैसला सम्मानका साथ स्वीकार गर्छु’

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 12:37 PM 48 views
<p>काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी पराजयपछि पहिलोपटक सार्वजनिक वक्तव्य जारी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्। ओलीको भनाइ दिदीबहिनी तथा दाजुभाइहरू,यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम [&#8230;]</p> <p>The post ओलीले भने-&#8216;जनताको फैसला सम्मानका साथ स्वीकार गर्छु&#8217; appeared first on RONB post.</p>

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी पराजयपछि पहिलोपटक सार्वजनिक वक्तव्य जारी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने बताएका हुन्।

ओलीको भनाइ

दिदीबहिनी तथा दाजुभाइहरू,
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।
यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु । तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।
निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन ।
हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।
मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।

ओली झापा- ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ४९, ६१४ मतान्तरले पराजित भएका थिए ।

अहिले एमालेभित्रैबाट ओलीको राजीनामाको बहस चलिरहेको छ । तर ओलीले यसबारे केही प्रतिक्रिया दिएका छैनन्

झापा-५ मा समानुपातिकतर्फ पनि एमालेको मत निकै कम आएको थियो । निर्वाचनअघि ओलीले यसपटकको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका थिए।

बालेन ६८,३४८ मतसहित निर्वाचित हुँदा ओलीले भने १८७२४ मत पाएका थिए ।

The post ओलीले भने-‘जनताको फैसला सम्मानका साथ स्वीकार गर्छु’ appeared first on RONB post.

parties election 2082