ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गगन थापालाई कांग्रेस सभापति पदबाट राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूको आग्रह
2082 General Parties Update

गगन थापालाई कांग्रेस सभापति पदबाट राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूको आग्रह

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 1:32 PM 49 views
<p>काठमाडौं । नेपाली कांग्रेस ललितपुरबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई आफ्नो पदबाट राजीनामा नदिन सामूहिक आग्रह गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले आशतित सफलता हासिल गर्न नसकेको भन्दै सभापति थापाको आलोचना भइरहेका बेला ललितपुरका स्थानीय तहका जनप्रतिनिधिबाट यस्तो विज्ञप्ति जारी भएको हो । बिहीबार ललितपुर स्थानीय जनप्रतिनिधिहरुले वर्तमान राजनीतिक अवस्था र पार्टीको इतिहासलाई [&#8230;]</p> <p>The post गगन थापालाई कांग्रेस सभापति पदबाट राजीनामा नदिन ...

काठमाडौं । नेपाली कांग्रेस ललितपुरबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगनकुमार थापालाई आफ्नो पदबाट राजीनामा नदिन सामूहिक आग्रह गरेका छन्। प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले आशतित सफलता हासिल गर्न नसकेको भन्दै सभापति थापाको आलोचना भइरहेका बेला ललितपुरका स्थानीय तहका जनप्रतिनिधिबाट यस्तो विज्ञप्ति जारी भएको हो ।

बिहीबार ललितपुर स्थानीय जनप्रतिनिधिहरुले वर्तमान राजनीतिक अवस्था र पार्टीको इतिहासलाई मध्यनजर गर्दै थापाकै अभिभावकत्व आवश्यक रहेको बताएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियता र लोकतन्त्रको संरक्षण, संवर्द्धन तथा समसामयिक राजनीतिमा खेल्नुपर्ने भूमिकाका लागि सभापति गगनकुमार थापा नै उपयुक्त र सक्षम व्यक्ति हुनुहुन्छ।’

जनप्रतिनिधिहरूले थापाको राजीनामाभन्दा पनि पार्टीको नेतृत्वका लागि उनको निरन्तरताको खाँचो रहेको औंल्याउँदै पार्टी सभापति पदबाट राजीनामा नदिन अनुरोध समेत गरेका छन्।

यसरी अनुरोध गर्नेहरुमा चिरीबाबु महर्जन, प्रमुख, ललितपुर महानगरपालिका, ऋषिदेव फुयाल, प्रमुख, जिल्ला समन्वय समिति, गजेन्द्र महर्जन, प्रमुख, गोदावरी नगरपालिका, वीरबहादुर लोप्चन, अध्यक्ष, महाङ्काल गाउँपालिका, गणेशबहादुर केसी अध्यक्ष, महाङ्काल गाउँपालिका, मुना अधिकारी, उपप्रमुख, गोदावरी नगरपालिका, लक्ष्मी महर्जन, उप(प्रमुख, महालक्ष्मी नगरपालिका, राजन घिमिरे, उपाध्यक्ष, कोन्ज्योसोम गाउँपालिका रहेका छन् ।

पार्टीभित्रको आन्तरिक समीकरण र समसामयिक राजनीतिक परिवेशमा ललितपुरका यी प्रभावशाली जनप्रतिनिधिहरूको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

The post गगन थापालाई कांग्रेस सभापति पदबाट राजीनामा नदिन ललितपुरका जनप्रतिनिधिहरूको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082