ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सप्तरीमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो
2082 General Parties Update

सप्तरीमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 5:17 AM 59 views
<p>राजविराज । सप्तरीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ । प्रत्यक्षमा १ लाख ३५ हजार ८ सय ८६, समानुपातिकमा १ लाख ४९ हजार १ सय ८६ पत्यक्षतर्फ जिल्लाको ४ वटै क्षेत्रमा जितेको रास्वपाले समानुपातिक तर्फ पनि सर्वाधिक मत ल्याई पहिलो दल बनेको हो । प्रत्यक्षतर्फ क्षेत्र नम्बर [&#8230;]</p> <p>The post सप्तरीमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDail...

राजविराज । सप्तरीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समानुपातिक प्रणालीतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो दल बनेको छ ।

प्रत्यक्षमा १ लाख ३५ हजार ८ सय ८६, समानुपातिकमा १ लाख ४९ हजार १ सय ८६

पत्यक्षतर्फ जिल्लाको ४ वटै क्षेत्रमा जितेको रास्वपाले समानुपातिक तर्फ पनि सर्वाधिक मत ल्याई पहिलो दल बनेको हो । प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा ३८ हजार १ सय ९५, क्षेत्र नम्बर २ मा २८ हजार ४ सय ४, क्षेत्र नम्बर ३ मा ३२ हजार ८ सय ७५ तथा क्षेत्र नम्बर ४ मा ३६ हजार ४ सय १२ गरी कूल १ लाख ३५ हजार ८ सय ८६ मत प्राप्त गरेको रास्वपाले समानुपातिकतर्फ १ लाख ४९ हजार १ सय ८६ मत प्राप्त गरी पहिलो स्थान ओगोटेको छ ।

निर्वाचन कार्यालयका अनुसार ३६ हजार ६८ मत ल्याई जसपा नेपाल दोस्रो तथा २६ हजार ९ सय ६३ मत ल्याई नेपाली काँग्रेस तेस्रो स्थानमा छन् । १८ हजार ९ सय १ मत ल्याई जनमत पार्टी चौथो तथा १३ हजार ७३ हजार मत ल्याई नेकपा एमाले पाँचो स्थानमा छन् ।

जिल्लामा ४ लाख ४६ हजार ४ सय २ मतदाता मध्ये समानुपातिकतर्फ २ लाख ९३ हजार ६ सय १० जनाले मतदान गरेका थिए । जसमध्ये १६ हजार १ सय २५ मत बदर भई २ लाख ७७ हजार ४ सय ८५ मत सदर कायम भएको थियो । प्रत्यक्षतर्फ भने १९ हाजर ५ सय ६८ मत बदर भएको थियो । प्रत्येक क्षेत्रमा कम्तिमा ४ हजारको हाराहारीमा मत बदर भएको पाईएको छ ।

The post सप्तरीमा समानुपातिकतर्फ पनि रास्वपा पहिलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082