ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
धनकुटामा निर्वाचन प्रहरीलाई उद्यमसिलता तालिम
2082 General Election Update

धनकुटामा निर्वाचन प्रहरीलाई उद्यमसिलता तालिम

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 5:20 AM 49 views
<p>धनकुटा । धनकुटामा निर्वाचन प्रहरीको लागि उद्यमसिलता तथा रोजगारी प्रबद्र्धन कार्याक्रम आयोजना गरीएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा निर्वाचनमा खटिएका खटिएका ९ सय ८९ जनपथ तर्फका र ९६ जना ससस्त्र तर्फका निर्वाचन प्रहरीलाई रोजगारसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालय लगायतका [&#8230;]</p> <p>The post धनकुटामा निर्वाचन प्रहरीलाई उद्यमसिलता तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप...

धनकुटा । धनकुटामा निर्वाचन प्रहरीको लागि उद्यमसिलता तथा रोजगारी प्रबद्र्धन कार्याक्रम आयोजना गरीएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा निर्वाचनमा खटिएका खटिएका ९ सय ८९ जनपथ तर्फका र ९६ जना ससस्त्र तर्फका निर्वाचन प्रहरीलाई रोजगारसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, घरेलु तथा साना उद्योग कार्यालय लगायतका बिभिन्न कार्यालयका प्रतिनिधिले निर्वाचन प्रहरीलाई आफ्नो कार्यालयले गरीरहेका काम तथा अब गर्न सकिने कामको ’boutमा सहजिकरण गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन प्रहरीलाई खाली हात घर फर्काउनुभन्दा उनीहरूलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले यस्तो पहल गरिएको बताए । उनका अनुसार उत्तरपानी स्थित प्राविधिक शिक्षालय तथा घरेलु कार्यालयसँग छलफल प्रहरीको चाहना अनुसार तालिम सञ्चालन गर्न कार्याक्रमको आयोजना गरीएको हो ।

तालिममार्फत सहभागीहरूलाई घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडेल’bout पनि जानकारी दिइएको छ । बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी तालिम प्राप्त निर्वाचन प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी समेत गरिएको उनको भनाई छ ।

उनिहरुलाई होटल व्यवस्थापन, प्लम्बिङ, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने, सिलाइ–कटाइजस्ता तालिम सञ्चालन गर्ने तयारी गरिएको हो । त्यस्तै मोबाइल तथा मोटरसाइकल मर्मत, वेल्डिङ, घर पेन्टिङ, सैलुन सेवा जस्ता प्राविधिक कामको लागि समेत माग भए तालिम दिने घरेलु कार्यालय धनकुटाका प्रतिनिधि बिकास कार्कीले जानकारी दिए । त्यस्तै कृषि तथा पशुपालनतर्फ पनि निर्वाचन सुरक्षा प्रहरीलाई आकर्षित गर्ने योजना बनाइएको छ ।

The post धनकुटामा निर्वाचन प्रहरीलाई उद्यमसिलता तालिम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082