ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
पूर्व सांसद सिंहको समेत धरौटी जफत
2082 General Results Update

पूर्व सांसद सिंहको समेत धरौटी जफत

Inquiry Nepal Inquiry Nepal March 12, 2026 at 5:22 AM 85 views
<p>मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मकवानपुरबाट ३५ जनाको धरौटी जफत भएको छ । मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ३५ जना उम्मेदवारको धरौटी जफत भएको हो । जसमा पूर्व सांसद दीपक बहादुर सिंह समेत रहेका छन् । समानुपातिक तर्फ मकवानपुरमा नेपाली काँग्रेस चौथो प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा कुल सदर मतको [&#8230;]</p> <p>The post पूर्व सांसद सिंहको समेत धरौटी जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online ...

मकवानपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मकवानपुरबाट ३५ जनाको धरौटी जफत भएको छ । मकवानपुरका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ३५ जना उम्मेदवारको धरौटी जफत भएको हो । जसमा पूर्व सांसद दीपक बहादुर सिंह समेत रहेका छन् ।

समानुपातिक तर्फ मकवानपुरमा नेपाली काँग्रेस चौथो

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूको धरौटी जफत भएको हो । मकवानपुर १ मा पूर्वसांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपकबहादुर सिंह समेत धरौटी जफत हुने गरी पराजित भएका छन्। २०७९ को निर्वाचनमा २७ हजार ८५१ मतसहित विजयी भएका सिंहले यसपटक ४ हजार ५७५ मत मात्रै प्राप्त गरेका थिए।

प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार मकवानपुर १ मा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतम विजयी भएका थिए। २३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा विजेतासहित पाँच जनाले मात्र धरौटी जोगाएका छन्।

यहाँ ९५ हजार ८४३ मत खसेकामा ९० हजार ७२५ मत सदर र ५ हजार ११८ मत बदर भएको थियो। ११ जना उम्मेदवारले ५० मतसमेत कटाउन सकेनन्।

त्यसैगरी मकवानपुर २ मा पनि १९ जना उम्मेदवारको धरौटी जफत भएको छ। उक्त क्षेत्रमा रास्वपा, कांग्रेस, एमाले र नेकपाका उम्मेदवारले मात्र धरौटी जोगाउन सफल भएका थिए। २३ जना उम्मेदवारमध्ये ९ जनाले ५० मतसमेत ल्याउन सकेनन्। यहाँ ८६ हजार ७२४ मत सदर हुँदा ५ हजार ४९७ मत बदर भएको थियो।

दुबै निर्वाचन क्षेत्रमा गरी १ लाख ८६ हजार ९५९ मत खसेकामा १० हजार ६१५ मत बदर भएको मुख्य निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ। सबैभन्दा धेरै मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाएका कारण मत बदर भएको बताइएको छ।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार प्रत्यक्षतर्फ मकवानपुर २ मा ६ दशमलब ३ प्रतिशत र मकवानपुर १ मा ५ दशमलब ३३ प्रतिशत मत बदर भएको छ। अघिल्लो निर्वाचनको तुलनामा यसपटक प्रत्यक्षतर्फ बदर मतको प्रतिशत बढेको कार्यालयले जनाएको छ।

समानुपातिकतर्फ भने दुबै क्षेत्रमा गरी ७ हजार ४४७ मत अर्थात ३ दशमलब ९६ प्रतिशत मत बदर भएको छ । जुन प्रत्यक्षतर्फको तुलनामा कम हो। यसपटक मकवानपुरका दुबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।

यता मकवानपुरमा समानुपातिक तर्फ रास्वपा पहिलो, एमाले दोस्रो र काँग्रेस चौथो । यस अघि चर्चामा नरहेको राष्ट्रिय परिवर्तन पार्टी (रापपा) ले तेस्रो स्थान प्राप्त गरेको छ । चुनाव चिन्ह वासुरी लिएर चुनावि मैदानमा रहेको रापपाले समानुपातिकतर्फ आफूलाई स्थापित दल नेपाली काँग्रेसभन्दा अघि ल्याउन सफल भएको हो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मकवानपुरमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो भएको छ । उसले ७३ हजार ७ सय ९२ मत ल्याएको छ । प्रत्यक्ष निर्वाचनतर्फ मकवानपुरका दुबै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका थिए । २७ हजार ६ सय ९० मतसहित एमाले दोस्रो भएको छ ।

राष्ट्रिय परिवर्तन पार्टी (वासुरी) ले २४ हजार ७ सय ४९ मत ल्याएर तेस्रो भएको छ । नेपाली कांग्रेसले २३ हजार ६ सय ३८ मत ल्याएर चौथो भएको छ भने नेकपाले १७ हजार ८ सय ९८ मत ल्याएर पाँचौं भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले बताए ।

The post पूर्व सांसद सिंहको समेत धरौटी जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082