ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
पुराना दललाई ‘कोर एरिया’मै धक्का
2082 General Results Alert

पुराना दललाई ‘कोर एरिया’मै धक्का

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 6:37 PM 62 views
म्याग्दी।  म्याग्दीमा बि.स २०७९ सालमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिनिधिसभा सदस्यमा २४ हजार २१ मत ल्याएर विजय भएका थिए । उनका  प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरेका थिए । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा तत्कालीन समयमा निरन्तर अग्रता लिएका […]

म्याग्दी। 

म्याग्दीमा बि.स २०७९ सालमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) ले प्रतिनिधिसभा सदस्यमा २४ हजार २१ मत ल्याएर विजय भएका थिए । उनका  प्रतिद्वन्द्वी नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरेका थिए । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा तत्कालीन समयमा निरन्तर अग्रता लिएका गर्बुजाले यसपटक मैदान छोडेपनि नेकपा एमालेका केन्द्रिय सदस्य श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको थियो। 

यसबर्ष महावीर पुनले २२ हजार ८ सय ५० मत प्राप्त गर्दै बिजयी हुदाँ प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९ सय १९ मत, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले ६ हजार ६ सय ७३ मत र नेकपाका अर्जुन थापाले ३ हजार ५ सय ३० मत प्राप्त गरे ।

जिल्लामा आफ्नो बलियो पकट मानिएका क्षेत्रमा समेत स्वतन्त्र उम्मेदवार पुनले परम्परागत दललाई ठुलो धक्का दिएका छन्  । जिल्लाका सबै स्थानीय तहमा बलियो क्षेत्र मानिएका वडाहरूमा समेत निकै कमजोर मत बटुलेका कांग्रेस–एमालेलाई अचम्मित पार्दै स्वतन्त्र उम्मेदवार महावीर पुनले मतान्तर बढाएर २० हजार पार गरे ।

धवलागिरी गापाको लुलाङ, मुदी, मराङ, ताकम एमालेका गढ हुन् । एमाले नेताहरु यी क्षेत्रलाई आफ्ना कोर एरिया भन्ने गरेको भएपनि लुलाङ बाहेकका वडामा यसपटक कमजोर देखियो भने नेपाली कांग्रेसले मल्कवाङमा सबैभन्दा धेरै मत ल्याएपनि अन्य वडामा निकै खुम्चियो ।

जिल्लाभर विगतमा राम्रो मत ल्याएका दलहरुलाई प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार र समानुपातिकमा सबै वडामा रास्वपाले अग्रस्थान मत पायो । नेकपा एमालेका उम्मेदवार श्रेष्ठ, नेकपाका उम्मेदवार अर्जुनबहादुर थापाले आफ्नै वडामा अग्रता लिन सकेनन् भने नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले आफ्नो वडा रघुगंगा गाउँपालिकाको भगवती,पिप्ले र कुईनेमंगलेमा अग्रता लिए । भण्डारीको भगवती र पिप्लेको लिडले राहत मिलेपनि अन्य वडामा कमजोर देखियो ।

यहाँ मात्र होइन् धेरै जसो वडाहरुमा स्वतन्त्रले एमाले र कांग्रेसले आफ्नो गढ मानिरहेकोमा मतको रुझान हेर्दा यसपटक दलहरुको हिसाव–किताब नराम्रो सँग बिग्रिएको देखिन्छ । यसपटक स्वतन्त्रलाई प्रत्यक्षमा र समानुपातिकमा रास्वपालाई रोजेका मतदातालाई पूरानै लयमा फर्काउन दलहरूको निकै मेहनत गर्न पनि पर्न सक्छ भने नयाँ दललाई समेत प्राप्त जनमत जोगाउने उत्तिकै चुनौती छ ।

पालिका र वडामा आफ्ना जनप्रतिनिधिले नै मतदातालाई आश्वस्त पार्न नसक्दा उम्मेदवारले सोचेजस्तो मत पाउन सकेनन् आशा गरेका मतदान केन्द्रबाटै स्वतन्त्रका महावीरले लिड गरेको अवस्थामा ऋण तिर्ने नसक्ने अवस्थामा निकै कमजोर नतिजाको सामाना गर्नुपरेको थियो ।

यसपटक समानुपातिकमा रास्वपाको र प्रत्यक्षतर्फ स्वतन्त्रबाट विजयी महावीरको क्रेज र त्यसको प्रभावमा दलका उम्मेदवार परेको जानकारहरू बताउँछन् । स्वतन्त्रलाई प्रत्यक्षमा हालेर समानुपातिकमा पार्टीलाई मत आउने दलहरूको अपेक्षामाथि नराम्रोसँग घण्टी बजेको देखियो । दुईवटा प्रदेशसभा सदस्य रहेको नेकपाले त जमानत जोगाउन आवश्यक पर्ने खसेको मतको १० प्रतिशत समेत ल्याउन सकेन । 

results election 2082