2082 General
Commission
Result
एमाले महासचिव पोखरेलको चुनावी खर्च १७ लाख ५० हजार
Inquiry Nepal
Inquiry Nepal
March 11, 2026 at 3:33 PM
78 views
नेकपा एमालेका महासचिव शंखर पोखरेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । बुधबार निर्वाचन आयोगमा बुझाएको खर्च विवरण उनले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । उक्त विवरणअनुसार उनले फागुन २१ गते सम्पन्न निर्वाचनमा १७ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । महासचिव पोखरेल दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विपिनकुमार आचार्यसँग पराजित बनेका थिए । ४३ हजार ५५९ मत प्राप्त गर्दै आचार्य विजयी हुँदा पोख्रेलले&...
नेकपा एमालेका महासचिव शंखर पोखरेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । बुधबार निर्वाचन आयोगमा बुझाएको खर्च विवरण उनले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । उक्त विवरणअनुसार उनले फागुन २१ गते सम्पन्न निर्वाचनमा १७ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । महासचिव पोखरेल दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विपिनकुमार आचार्यसँग पराजित बनेका थिए । ४३ हजार ५५९ मत प्राप्त गर्दै आचार्य विजयी हुँदा पोख्रेलले १५ हजार २८७ मत प्राप्त गरेका थिए ।
commission
election 2082