ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
प्रत्यक्षतर्फको मतगणना सम्पन्न, समानुपातिकतर्फको नतिजा आजै
2082 General Results Result

प्रत्यक्षतर्फको मतगणना सम्पन्न, समानुपातिकतर्फको नतिजा आजै

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 7:57 AM 60 views
काठमाडौं प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना पाँच दिनभित्र सकिएको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रको मतगणना सोमबार राति सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तयारी र प्रबन्ध मिलाएअनुरूप मतगणना कार्य शान्तिपूर्ण रूपमा विनाअवरोध सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । मतदान सकिएसँगै ललितपुर, […]

काठमाडौं

प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना पाँच दिनभित्र सकिएको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।
प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रको मतगणना सोमबार राति सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगको तयारी र प्रबन्ध मिलाएअनुरूप मतगणना कार्य शान्तिपूर्ण रूपमा विनाअवरोध सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

मतदान सकिएसँगै ललितपुर, काठमाडौं, पोखरालगायत क्षेत्रमा सोही दिन रातिदेखि मतगणना सुरु भएको थियो । हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिएका दुर्गम १५ जिल्लाका विकट क्षेत्र र कतिपय निर्वाचन क्षेत्रबाहेक जम्मै क्षेत्रमा २४ देखि ४८ घण्टाको अवधिमा मतपरिणाम आउन शुरु गरेको आयोगले जनाएको छ । ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रूकुम (पूर्वी भाग), संखुवासभा, सोलुखुम्बु, गोरखा र रूकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका शनिवारसम्म मतगणनास्थल पु¥याइएको थियो ।

परम्परागत दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीका शीर्षस्थ नेताहरूलाई ठूलो अन्तरले हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सिट जितेको छ । नेपाली कांग्रेसले १८ सिट, नेकपा (एमाले) ले ९ र नेपाली कम्युनिष्ट पार्टीले ७ सिट जितेको छ । त्यसै गरी श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक र स्वतन्त्र उम्मेदवार १ सिट जितेको छ ।

समानुपातिकतर्फ एक करोड ४ लाख ४३ हजार २७२ मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५० लाख १४ हजार ८ सय ९१ मत कटाएको छ ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६, तेस्रो भएको एमालेले १४ लाख १३ हजार ६९ र चौथो भएको नेकपाले ७ लाख ६७ हजार ३२७ मत पाएको छ । यस्तंै, पाँचौं भएको श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४६८ मत पाउँदा छैटौं स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले ३ लाख २५ हजार ३ सय ७५ मत ल्याएको छ ।

समानुपातिकतर्फको मतगणना आज बुधबारसम्ममा सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । मतगणना सकिएपछि खसेको सदर मतको प्रतिशतका आधारमा दलहरूले पाएको मत प्रतिशत निर्धारण गरिनेछ । त्यसपछि सम्बन्धित राजनीतिक दलहरूलाई समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने उम्मेदवारहरूको नामावली पठाउन आयोगले आग्रह गर्नेछ । दलहरूबाट प्राप्त नामलाई आयोगले क्लस्टरअनुसार रुजु गर्दै अन्तिम रूपमा निर्वाचित सदस्यहरूको छनोट गर्ने प्रक्रिया अघि बढाइने जनाइएको छ ।

छनौट प्रक्रिया पूरा भएपछि निर्वाचित सदस्यहरूलाई आयोगले औपचारिक रूपमा प्रमाणपत्र प्रदान गर्नेछ । आयोगका अनुसार समानुपातिकतर्फ विजयी उम्मेदवारहरूलाई प्रमाणपत्र वितरणदेखि निर्वाचनको सबै प्रक्रिया यही चैत्र पहिलो साताभित्र पूरा हुने जनाएको छ । त्यसपछि प्रत्यक्षतर्फ र समानुपातिकतर्फको सम्पूर्ण परिणामसहित प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने छ ।

results election 2082