ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे
2082 General Results

समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्याे

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 9:41 AM 54 views
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता बनाईरहेको हाे । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मतगणना हुँदा रास्वपाले ५१ लाख ३६ हजार ६ सय ७४ मत कटाएको छ । यो कुल […]

काठमाडौँ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता बनाईरहेको हाे । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड ७ लाख ३२ हजार ९ सय ३२ मतगणना हुँदा रास्वपाले ५१ लाख ३६ हजार ६ सय ७४ मत कटाएको छ । यो कुल सदर मतको ४८ प्रतिशत बराबर हो । कांग्रेसले १७ लाख ४८ हजार ३ सय ३६, एमालेले १४ लाख ४८ हजार ४ सय १२ मत पाएको छ ।

त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ लाख ४ हजार १ सय ७१ , श्रम संस्कृतिले ३ लाख ७८ हजार ५ सस ९४ मत पाउँदा राप्रपाले ३ लाख २९ हजार ४ सय ६६ मत प्राप्त गरेकाे हाे । यी ६ वटा राजनीतिक दलहरुले अहिलेसम्म समानुपातिकको थ्रेसहोल्ड कटाएका छन् । समानुपातिकमा मत पाउने अरु ५१ वटा दल रहे पनि उनीहरुले थ्रेसहोल्ड पार गर्ने सम्भावना छैन । साेही दलहरुले प्राप्त गरेको मत करिब ८ लाख रहेको छ ।

results election 2082