ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
६३ प्रतिशत दलले कटाएनन् १० हजार मत
2082 General Parties Update

६३ प्रतिशत दलले कटाएनन् १० हजार मत

Inquiry Nepal Inquiry Nepal March 11, 2026 at 5:21 AM 52 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका ५७ दलमध्ये ३६ वटा दलले समानुपातिकतर्फ देशभरबाट १० हजार मतसमेत कटाउन नसकेको पाइएको छ । समानुपातिक निर्वाचनमा भाग लिएकामध्ये ६३ दशमलव १६ प्रतिशत दलले १० हजार मत कटाउन नसक्दा ५० प्रतिशत दलले त ५ हजार मत नै कटाउन सकेका छैनन् । भाग लिएकामध्ये २९ दलले ५ हजार मत [&#8230;]</p> <p>The post ६३ प्रतिशत दलले कटाएनन् १० हजार मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepa...

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका ५७ दलमध्ये ३६ वटा दलले समानुपातिकतर्फ देशभरबाट १० हजार मतसमेत कटाउन नसकेको पाइएको छ । समानुपातिक निर्वाचनमा भाग लिएकामध्ये ६३ दशमलव १६ प्रतिशत दलले १० हजार मत कटाउन नसक्दा ५० प्रतिशत दलले त ५ हजार मत नै कटाउन सकेका छैनन् । भाग लिएकामध्ये २९ दलले ५ हजार मत कटाउन नसकेको देखिएको हो ।

विप्लव, सिपी, प्रभु र जनार्दनको दललाई लज्जास्पद मत

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार संयुक्त नागरिक पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ जम्मा ८ हजार ७ सय ५९ मत ल्याउँदा स्वाभिमान पार्टीले ८ हजार १ सय ३ मत पाएको छ । नेपाल जनता पार्टीले ७ हजार ६६ मत, राष्ट्रिय जनमुक्ति पार्टीले ७ हजार २६ मत, राष्ट्रिय एकता दलले ६ हजार ९ सय २५ मत पाएका छन् ।

चर्चित वामपन्थी नेता सिपी मैनालीले नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (माले)ले ५ हजार ९ सय ८९ मत ल्याउँदा माधवकुमार नेपालले कारबाही गरेपछि नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)मा समाहित भएका एमालेका पूर्वउपमहासचिव घनश्याम भुषालको पार्टीले पनि देशभरबाट ४ हजार ४ सय ५० मत पाएको छ । नेसनल रिपब्लिक नेपालले ५ हजार ४७ मत ल्याउँदा राष्ट्रिय गौरव पार्टीले ४ हजार ९७८ मत पाएको छ । नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल)ले ४ हजार ७ सय २८ मत ल्याउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४ हजार ६२२ मत पाएको छ ।

राष्ट्रिय ऊर्जाशील पार्टी नेपालले ४ हजार २८८, समावेशी समाजवादी पार्टीले ४ हजार १ सय ९८ र गतिशील लोकतान्त्रिक पार्टीले ४ हजार ७२ मत पाएको छ । नेपाल लोकतान्त्रिक पार्टीले ३ हजार ९ सय ८२२ मत ल्याउँदा नेपाल मातृभूमि पार्टीले ३ हजार १ सय ४७, राष्ट्रिय जनता पार्टीले २ हजार ८ सय ७० र जय मातृभूमि पार्टीले २ हजार ८ सय ३० मत पाएको छ । ३ हजार मत नकटाउनेमा बहुजन शक्ति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी र जनअधिकार पार्टी रहेको आयोगको तथ्यांकमा उल्लेख छ ।

समानुपातिकतर्फ देशरभबाट २ हजार मत नकटाउने दलमा नेपाल सद्भावना पार्टी, पिपुल फस्र्ट पार्टी, नेपाली कांग्रेस (बिपी), नागरिक शक्ति नेपाल र नेपाली जनश्रमदान पार्टी छन् । नेपाली जनता दल समावेशी समाजवादी पार्टी, जनता लोकतान्त्रिक पार्टी सचेत नेपाली र नागरिक सर्वोच्चता पार्टी (एकल चिह्न सिंह)ले भने १५ सय मत कटाएनन् । १ हजारभन्दा कम मत ल्याउने दलमा जनप्रिय लोकतान्त्रिक पार्टी, मितेरी पार्टी नेपाल, उन्नत लोकतन्त्र पार्टी त्रिमूल नेपाल छन् ।

प्रभुको दललाई १२ हजार, विप्लवलाई २३ र जनार्दनलाई २४ हजार मत
२०७९ सालको निर्वाचनमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका प्रभु साहले स्थापना गरेको आम जनता पार्टीले पनि देशभरबाट जम्मा १२ हजार ७ सय ७९ मत पाएको छ । साहको आजपा र जनादेश पार्टीले एकल चिह्न मोबाइलबाट चुनावी प्रतिस्पर्धा गरेका थिए । यो दलले रौतहट क्षेत्र नम्बर–४ मा चर्चित पत्रकार ऋषि धमलालाईसमेत उम्मेदवार बनाएको थियो । तर धमलाले समेत ७ सय मत कटाउन सकेनन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वअर्थमन्त्री जनार्दन शर्माको दलले पनि देशभरबाट जम्मा २४ हजार ८८ मत ल्याएको छ । शर्मा रुकुमपूर्वबाट चुनावी प्रतिस्पर्धामा उत्रिए पनि उनलाई नेकपाका उम्मेदवारले पराजित गरे । लामो समय निर्वाचन वहिष्कार गरेपछि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दलले समेत लज्जास्पद मत पाएको छ ।

१८ वर्षपछि व्यालेटमा फर्किएको यो दलले समानुपातिकतर्फ २३ हजार ७ सय ४८ मत पाएका छन् । विप्लवले प्रत्यक्षतर्फ उम्मेदवारी नदिए पनि उनका पार्टीका वरिष्ठ नेता खड्गवहादुर विश्वकर्मा कालिकोटवाट नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीसँग पराजित भए । यो निर्वाचन क्षेत्रमा विकले प्रत्यक्षतर्फ ४ हजार ९ सय ९३ मतसहित चौथो स्थान सुरक्षित गर्दा समानुपातिक तर्फ पार्टीले ३ हजार ५ सय ५८ मत ल्याएको छ ।

भक्तपुर क्षेत्र नम्बर १ मा लामो समयदेखिको विरासत गुमाएको नेपाल मजदुर किसान पार्टीले पनि देशभरबाट जम्मा ४० हजार ९८ मत पाएको छ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले आङ्खना समानुपातिक उम्मेदवार समाहित गरेको राष्ट्रिय परिवर्तन पार्टीले भने देशभरबाट १ लाख ६७ हजार ६ सय ७७ मत पाएको छ ।

समानुपातिकतर्फ खसेको कुल सदर मतको ३ प्रतिशत मतको ‘थ्रेसहोल्ड’ कटाउन नसकेको यो दलले पाएको मत भने १ सिटभन्दा बढी हो । तर ‘थ्रेसहोल्ड’ नकटेका कारण यो दलले सांसद भने पाउने छैन ।

The post ६३ प्रतिशत दलले कटाएनन् १० हजार मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

parties election 2082