काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचनमा पराजय भोगेका उनले निर्वाचन आयोगलाई खर्च विवरण बुझाएका छन् । बुझाएको विवरणमा उनले २८ लाख ७ हजार १ सय खर्च भएको उल्लेख गरेका छन् ।
विवरण अनुसार उनले सबैभन्दा धेरै ८ लाख ९७ हजार बढी रकम इन्धनमा खर्च गरेकाछन् ।
त्यस्तै मतदाता नामावली खरीद,छापा तथा बिद्धुतीय प्रचार, छपाई,गोष्ठी एवं परिचालन, अन्तरकृया, एसएमएस, प्रतिनिधि परिचालन, कार्यालय ब्यवस्थापन र विविध शीर्षकमा खर्च भएको उल्लेख छ ।
The post एमालेका उपाध्यक्ष पौडेलले गरे चुनावी खर्च सार्वजनिक, कति खर्च गरे ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....