ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
‘आ बाट आमा’ वर्षकै बढी कमाउने दोस्रो चलचित्र
2082 General Election Update

‘आ बाट आमा’ वर्षकै बढी कमाउने दोस्रो चलचित्र

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 12:55 PM 65 views
<p>काठमाडौं । माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ मुलुकमा निर्वाचनको माहौल बिच पनि प्रदर्शन भइरहेको छ । अब यही शुक्रवार २९ फागुनमा मात्र नयाँ चलचित्र ‘लालिमा’ रिलिज हुँदै छ । त्यति बेलासम्म पनि ‘आ बाट आमा’ले अधिकांश चलचित्र घरमा प्रदर्शनको अवसर पाउने भएको छ । यसै बिच चलचित्र विकाश बोर्डले सोमबार [&#8230;]</p> <p>The post ‘आ बाट आमा’ वर्षकै बढी कमाउने दोस्रो चलचित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News...

काठमाडौं । माघ १६ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘आ बाट आमा’ मुलुकमा निर्वाचनको माहौल बिच पनि प्रदर्शन भइरहेको छ । अब यही शुक्रवार २९ फागुनमा मात्र नयाँ चलचित्र ‘लालिमा’ रिलिज हुँदै छ । त्यति बेलासम्म पनि ‘आ बाट आमा’ले अधिकांश चलचित्र घरमा प्रदर्शनको अवसर पाउने भएको छ ।

यसै बिच चलचित्र विकाश बोर्डले सोमबार सार्वजनिक गरेको यो साताको बक्स अफिस रिपोर्ट अनुसार चलचित्र ‘आ बाट आमा’ २०८२ को दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्रको सूचीमा परेको छ ।

यो चलचित्रले २३ फागुन शनिवार रातीसम्म नेपालबाट बक्स अफिसमा १२ करोड ६६ लाख ९० हजार रुपैयाँ रुपैयाँको ग्रस व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार चलचित्र ‘आ बाट आमा’लाई शनिवार रातीसम्म ४ लाख ८२ हजारभन्दा दर्शकले टिकट किनेर चलचित्र घरमा हेरेका छन् । सोही टिकट बिक्री बापत यो वर्षको दोस्रो बढी कमाउने चलचित्रको सूचीमा परेको पनि बोर्डले जनाएको छ ।

जबकि गत सातासम्म अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’ ले यो वर्षको सर्वाधिक कमाउने सूचीमा आफूलाई दोस्रो स्थानमा राखेका थियो । सो चलचित्रले नेपालको बक्स अफिसबाट १२ करोड २६ लाख रुपैयाँ कमाइ गरेको चलचित्र विकास बोर्डले जनाएको थियो । तर यो साता ‘आ बाट आमा’ले ‘जेरी अन टप’लाई व्यापारमा पछि पारेको छ ।

यता अहिलेसम्म पनि यस वर्ष सर्वाधिक कमाउने नेपाली चलचित्रको सूचीमा ‘परान’ नै परेको छ । रिलिज भएर १०० दिनसम्म चलचित्र घरमा प्रदर्शन भएको चलचित्र ‘परान’ले हालसम्म १७ करोड ८४ लाख रुपैयाँभन्दा बढी कमाई गरेको छ ।

पारिवारिक कथामा आधारित चलचित्र ‘आ बाट आमा’मा पल शाह, बिपना थापा, भारतीय अभिनेता प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, गजित विष्टलगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘आ बाट आमा’ले राम्रो व्यापार गरेपछि निर्देशक चन्द्र पन्तले आगामी दसैँमा रिलिज गर्ने लक्ष्य सहित यसको सिक्वेलको रूपमा ‘आ बाट आमा २’ निर्माणको घोषणा समेत गरिसकेका छन् । ‘आ बाट आमा २’को यति बेला स्क्रिप्ट लेखन भइरहेको र आगामी वैशाखको पहिलो हप्ताबाट छायांकन सुरु गर्ने पनि निर्देशक चन्द्रले बताएका छन् ।

यो चलचित्र करिब दुई करोडमा निर्माण भएको थियो । यसरी आफ्नो चलचित्र ‘आ बाट आमा’ले बक्स आफूमा अहिलेसम्मकै आफ्नो करिअरकै सबैभन्दा बढी कमाई गरेकोमा अभिनेता पल शाहले खुसी व्यक्त गरेका छन् ।

राजेशको चलचित्रको ९ दिनको कमाई १ लाख ३८ हजार
यसैबिच गत साता रिलिज भएको अभिनेता राजेश हमालको चलचित्र ‘प्रवासी जीवन’को बक्स अफिस परिणाम पनि चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा सार्वजनिक गरिएको छ ।

राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङलगायतको मुख्य भूमिका रहेको चलचित्र ‘प्रवासी जीवन’ले रिलिज भएको ९ दिनमा जम्मा १ लाख ३८ हजार ४८० रुपैयाँको व्यापार गरेको छ । अभिनेता राजेश हमालको जीवनकै सबै भन्दा असफल चलचित्रको रूपमा ‘प्रवासी जीवन’ सावित भएको छ । यो चलचित्रलाई शनिवार रातीसम्म रिलिज भएको ९ दिनमा जम्मा ५०९ जना दर्शकले मात्र हेरेका छन् ।

चलचित्र वितरण पक्षका अनुसार राजेश हमालले अभिनय गरेकै कारण यो चलचित्रको वितरण जिम्मा लिइएको हो । धेरै जसो चलचित्र घरबाट पहिलो हप्तामै उत्रिएको यो चलचित्रले पोस्टर तथा प्रचार प्रसारको खर्चसमेत सुरक्षित गर्न सकेन । जबकि यो चलचित्रको लागत १ करोड भन्दा बढी भएको निर्माण पक्षले जनाएको छ ।

The post ‘आ बाट आमा’ वर्षकै बढी कमाउने दोस्रो चलचित्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

election election 2082