काठमाडौँ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधि सभाको निर्वाचनको परिणामले काँग्रेसलाई गम्भीर सन्देश दिएको बताएका छन् ।
चुनावमा पराजित भएर पार्टीले पनि लज्जास्पद हार व्यहोरेपछि सभापति गगन थापाले राजीनामा दिने चर्चाका बीच तत्कालीन कार्यवाहक सभापति खड्काले यस्तो बताएका हुन्।
विभिन्न तहमा जिम्मेवारीमा क्रियाशील काँग्रेसीहरूलाई चुनावी परिणामले गम्भीर सन्देश दिएको उनको बुझाइ छ।
उनले भनेका छन्, ‘अब आवेग, उत्तेजना र बदलाको भावनाबाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले म म भन्दै विगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्त्वाकाङ्क्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत् एकताका लागि निष्टा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैको नैतिक कर्तव्य र जिम्मेवारी छ।’
अगाडि खडा भएको हिमालयन चुनौतीको सामना गर्न एकताबद्ध हुनु नै उपयुक्त बाटो भएको उनले बताएका छन्। काँग्रेस प्रत्यक्षतर्फ १८ सीट खुम्चिदा समानुपातिकतर्फ अहिलेसम्म १६ लाख ९५ हजार २६६ मत ल्याएर दोस्रो स्थानमा छ।
The post अस्वाभाविक महत्त्वाकांक्षा र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....