ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
समानुपातिक मतगणना अन्तिम चरणमा प्रवेश
2082 General Results

समानुपातिक मतगणना अन्तिम चरणमा प्रवेश

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 8:54 AM 47 views
काठमाडाैं ।  प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएकाे हाे। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड २ लाख ३५ हजार मत गणना हुँदा रास्वपाले ४९ लाख १९ हजार मत कटाएको छ । यो कूल सदर मतको ४८ प्रतिशत बराबर हो […]

काठमाडाैं । 

प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ ।

समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएकाे हाे। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १ करोड २ लाख ३५ हजार मत गणना हुँदा रास्वपाले ४९ लाख १९ हजार मत कटाएको छ ।

यो कूल सदर मतको ४८ प्रतिशत बराबर हो । नेपाली कांग्रेसले १६ लाख ६५ हजार मत पाएको छ । त्यस्तै, नेकपा एमालेले १३ लाख ८३ हजार मत पाएको हाे । नेकपाले ७ लाख ४७ हजार, श्रम संस्कृतिले ३ लाख ४६ हजार मत पाउँदा राप्रपाले ३ लाख २१ हजार मत पाएको छ ।

यी ६ वटा राजनीतिक दलहरुले अहिलेसम्म समानुपातिक थ्रेसहोल्ड कटाएका छन् ।

results election 2082