ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
सङ्खुवासभाबाट एमाले उम्मेदवार कार्की निर्वाचित
2082 General Candidates Update

सङ्खुवासभाबाट एमाले उम्मेदवार कार्की निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 10, 2026 at 5:16 AM 62 views
<p>सङ्खुवासभा । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका डा. अजुर्नकुमार कार्की निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पालाई पराजित गर्दै एमालेका कार्की निर्वाचित भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कार्कीले १५ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका शेर्पाले १५ हजार मत प्राप्त गरेका [&#8230;]</p> <p>The post सङ्खुवासभाबाट एमाले उम्मेदवार कार्की निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लो...

सङ्खुवासभा । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका डा. अजुर्नकुमार कार्की निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पालाई पराजित गर्दै एमालेका कार्की निर्वाचित भएका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कार्कीले १५ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी रास्वपाका शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् । कार्कीले रास्वपाका शेर्पालाई ६ सय ३६ मतान्तरले पराजित गरेका हुन् । रास्वपाका उम्मेदवारसँग भएको रोचक प्रतिस्पर्धामा एमालेका कार्कीले जित निकालेका हुन् ।

यसपटक १ लाख १९ हजार ६ सय ३० मतदाता रहेको सङ्खुवासभामा ६३ हजार ६ सय ३४ मत खसेको थियो । २०७९ को निर्वाचनमा एमाले राजेन्द्रप्रसाद गौतमलाई नेपाली काँग्रेसका दिपक खड्काले पराजित गरेका थिए ।

त्यसैगरी, २०७९ को विजेता काँग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २ सय ७१ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ९ हजार ८ सय ५७ मतका साथ चौथो स्थानमा रहेकी छन् । नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सरिता थापाले २ हजार ८ सय १२ मत प्राप्त गरिन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा रहेका थिए ।

The post सङ्खुवासभाबाट एमाले उम्मेदवार कार्की निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082