काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् ।
मोदीले आफ्नो ट्विटर एकाउन्टबाट यसबारेमा जानकारी दिएका हुन् । मोदीले रवि र बालेनसँग आफ्नो कुराकानी भएको उल्लेख गरेका छन् । उनले निर्वाचनमा प्राप्त जितका लागि बधाई दिएको उल्लेख गरेका छन् ।
मोदीले दुई देशको साझा समृद्धि, प्रगति र हितका लागि मिलेर काम गर्ने भारतको प्रतिबद्धता पनि जनाएका छन् । र, संयुक्त प्रयासबाट भारत र नेपालबीचको सम्बन्धले नयाँ उचाइ पाउनेमा आफू विश्वस्त रहेको मोदीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री मोदीले दुवै देशबीचको सम्बन्ध आगामी वर्षमा संयुक्त प्रयासमार्फत अझ उच्च स्तरमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् । केही दिन अगाडि मोदीले सामाजिक सञ्जालमा पोस्ट गरेर नेपाली जनता र सरकारलाई चुनाव सम्पन्न गरेकोमा बधाई दिएका थिए ।
The post बालेन र रविलाई मोदीले दिए बधाई, मिलेर काम गर्ने प्रतिबद्धता appeared first on RONB post.