ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
धनुषा–१ मा नेकपाका मातृकालाई निर्वाचित प्रमाणपत्र
2082 General Results

धनुषा–१ मा नेकपाका मातृकालाई निर्वाचित प्रमाणपत्र

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 10:28 PM 35 views
<p>काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले धनुषा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादवलाई प्रमाण पत्र हस्तान्तरण गरेकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो । रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेज भएपछि [&#8230;]</p> <p>The post धनुषा–१ मा नेकपाका मातृकालाई निर्वाचित ...

काठमाडौं । निर्वाचन अधिकृतको कार्यालयले धनुषा-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मातृका यादवलाई प्रमाण पत्र हस्तान्तरण गरेकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको उम्मेदवारी खारेजीले मतगणनाको अन्तिम परिणाम घोषणा विवादमा रहेको बेला मुख्य निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

रास्वपाका उमेदवार किशोरी साहको उमेदवारी खारेज भएपछि विवाद भएको थियो । त्यसपछि निर्वाचन आयोगले आजै मतपरिणाम सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

अन्तिम मतगणना परिणामअनुसार यादवको १० हजार ४०३ मत आएको थियो । कांग्रेसका रामपल्टन साहको ९ हजार ५०२ र एमालेका रामचन्द्र मण्डलको ९ हजार ३१५ मत गणना भएको थियो ।

यी उम्मेदवारहरूभन्दा १३ हजारभन्दा बढी मत रास्वपाको चुनाव चिह्नमा आएको थियो । तर रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेजी भएको कारणले उनको परिणाम सार्वजनिक गरिएको छैन ।

The post धनुषा–१ मा नेकपाका मातृकालाई निर्वाचित प्रमाणपत्र appeared first on RONB post.

results election 2082