ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties Analysis

चुनावमा एमालेको लज्जास्पद हारपछि योगेशले भने– हामी ढलेका मात्र हौ, मरेका होइनौं

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 7:22 PM 61 views
काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले चुनावमा पार्टीले लज्जास्पद हार बेहोरे पनि आफूहरू ढलेको तर नमरेका टिप्पणी गरेका छन् । निर्वाचनको समीक्षा गर्दै उनले पार्टी पंक्तिलाई निराश नबन्न आग्रह पनि गरेका छन् । उनले सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत आफूहरू फेरि उठ्ने बताएका छन् । निर्वाचनपछिको तीन दिनयता करिब […]

काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले चुनावमा पार्टीले लज्जास्पद हार बेहोरे पनि आफूहरू ढलेको तर नमरेका टिप्पणी गरेका छन् । निर्वाचनको समीक्षा गर्दै उनले पार्टी पंक्तिलाई निराश नबन्न आग्रह पनि गरेका छन् । उनले सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत आफूहरू फेरि उठ्ने बताएका छन् ।

निर्वाचनपछिको तीन दिनयता करिब हजारजनासँग फोनमा कुराकानी भएको र त्यतिकै संख्यामा म्यासेज हेरेको जानकारी दिँदै उनले कुराकानीका क्रममा सुझाब, टिप्पणी, विरोध, आक्रोश, हतासा, निरासा, सम्भावना, उपाय, दृढ़ता, जोशलगायतको मिश्रित र विविधतायुक्त धारणा पाएको उल्लेख गरेका छन् । ‘बोल्नु पर्‍यो, पहल लिनु पर्‍यो भनेर प्रेरणादायी अनि दबाबयुक्त कुरा पनि सुनेको छु । विस्तृतमा केही दिनपछि भन्ने छु,’ योगेशले सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना विचारमा भनेका छन् ।

भट्टराईले निर्वाचनमा एमालेको अहिलेको अवस्था आउनुमा नेतृत्वमा बसेकाले जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले जनताले आफ्नो पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेको टिप्पणी गरेका छन् । ‘निर्वाचनमा आफ्नो मतमार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकृति गरेका छन् ।

यो आजको वस्तुगत यथार्थ हो । हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरणमार्फत जनसमर्थन पुनः आर्जनको बाटो लिनुपर्दछ,’ उनले लेखेका छन्, ‘मूलतः भाद्र २३ र २४ पछि हाम्रो पार्टीले लिएका नीति ठिक छैनन्, त्यसमा करेक्शन गरौं भनेर हामीले नेतृत्व र सिंगो पार्टीपंक्तिलाई बैठक, भेटघाट र महाधिवेशनमार्फत पटक पटक अनुरोध गर्यौ तर सफल भएनौ । अब पुन: छलफल र बहस खुला गर्नुपर्दछ ।’

parties election 2082