ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
निर्वाचन सुरक्षामा उत्कृष्ट कार्य गरेकोमा महानिरीक्षक अर्यालद्वारा कर्मचारीहरुलाई धन्यवाद
2082 General Election

निर्वाचन सुरक्षामा उत्कृष्ट कार्य गरेकोमा महानिरीक्षक अर्यालद्वारा कर्मचारीहरुलाई धन्यवाद

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 4:39 PM 50 views
काठमाडौँ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षा उत्कृष्ट ढंगले पुरा गरेकोमा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारी तथा मातहत इकाईहरुलाई धन्यवाद दिएका छन्। । सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा उपस्थित विभाग प्रमुख, अनुगमनमा परिचालन भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्ष तथा उपरीक्षक र भर्चुअल माध्यमबाट सबै प्रदेशका बाहिनीपति एवं सशस्त्र प्रहरी बल नेपालका […]

काठमाडौँ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचन सुरक्षा उत्कृष्ट ढंगले पुरा गरेकोमा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारी तथा मातहत इकाईहरुलाई धन्यवाद दिएका छन्। ।

सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा उपस्थित विभाग प्रमुख, अनुगमनमा परिचालन भएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्ष तथा उपरीक्षक र भर्चुअल माध्यमबाट सबै प्रदेशका बाहिनीपति एवं सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुख तथा सबै तहका कर्मचारी हरुलाई निर्वाचन सुरक्षा सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिएका हुन् ।

उनले सशस्त्र प्रहरी बल नेपाल अनुशासन, इमानदारीता र देशलाई परेको समयमा आफ्नो ज्यानको समेत प्रवाह नगरी गर्नुपर्छ भन्ने सोच र भावन लिएर अघि बढेको बताउहुँदै प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा उत्कृष्ट ढंगले पूरा गर्न परिचालित सबै सशस्त्र प्रहरी कर्मचारीहरु प्रति हार्दिक आभार प्रकट गरे ।

महानिरीक्षक अर्यालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षा फौजको लागि अग्नि परिक्षा जस्तो भएको तर सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सशस्त्र प्रहरी कर्मचारीहरुको पेशागत दक्षताको समेत उच्च मुल्यांकन रहेको बताए ।
सोही अवसरमा उनले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत जुनसुकै दर्जाका कर्मचारीहरुले आचरण विपरित कुनैपनि कार्य नगर्न र संगठनको बर्दी लगाएर संगठन विरुद्ध हुने कुनैपनि कार्य सैह्य नहुने समेत बताएका छन् ।

महानिरीक्षक अर्यालले संगठनको तटस्थ छवी उच्च बनाउन संगठनमा कार्यरत कर्मचारीहरुको भूमिका उल्लेखनिय रहने बताउदै निर्वाचनको समयमा होस् वा अन्य समयमा होस् सीमामा परिचालित हुँदा सम्बन्धित सरोकारवाला निकाय तथा समकक्षीहरुसँग समन्वय गरी परिचालन हुन निर्देशन समेत दिए ।

उनले चुनावी अनुगमनमा खटिएका सशस्त्र प्रहरी अधिकृतहरुले अनुगमनको समयमा भएगरेका कामकारवाहीको प्रतिवेदन पेश गर्न तथा सोही प्रतिवेदनबाट आगामी निर्वाचनमा हुनेसक्ने कमीकमजोरीलाई प्रधान कार्यालयले नियमित रुपमा अनुगमन गरी सहज ढंगले अघि बढाउने बताए ।

election election 2082