ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत
2082 General Candidates Update

पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 3:59 PM 79 views
<p>बाजुरा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणमा आइतबार सार्वजनिक भएसँगै निर्वाचनमा उम्मेदवार बनेका पाँच जनाको धरौटी जफत भएको छ । निर्वाचनमा भाग लिएका आठ जना उम्मेदवारमध्ये पाँच जनाले ‘थ्रेस होल्ड’ कटाउन नसकेपछि उनीहरूको जमानत जफत भएको हो । निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, [&#8230;]</p> <p>The post पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDai...

बाजुरा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणमा आइतबार सार्वजनिक भएसँगै निर्वाचनमा उम्मेदवार बनेका पाँच जनाको धरौटी जफत भएको छ । निर्वाचनमा भाग लिएका आठ जना उम्मेदवारमध्ये पाँच जनाले ‘थ्रेस होल्ड’ कटाउन नसकेपछि उनीहरूको जमानत जफत भएको हो ।

निर्वाचन ऐनको परिच्छेद–१० को विविध खण्डअन्तर्गत दफा ६४ मा व्यवस्था भएबमोजिम, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधान छ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाशबहादुर शाहको धरौटी जफत भएको छ । उनी सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीसमेत हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार ८६१ मतदाता रहेको छ । तीमध्ये ४५ हजार २४२ मत खसेको थियो । खसेको मतमध्ये ४३ हजार ८९६ मत सदर भएका छन् भने एक हजार ३४६ मत बदर भएका छन् । सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याए धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन आयोगको ऐनमा उल्लेख गरिएको छ ।

शाहले ल्याएको मत परिणामअनुसार शाहले तीन हजार ४२४ मत मात्रै प्राप्त गरेका थिए । उनले जमानत जोगाउन निर्वाचन ऐनको प्रावधानअनुसार धरौटी (जमानत) जोगाउन चार हजार ३८९ मत ल्याउनुपर्ने थियो । शाहले प्राप्त गरेको निर्वाचन परिणामअनुसार धरौटी जफत हुने भएको छ । पूर्वमन्त्री शाहको भन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ मत प्राप्त गर्दै तेस्रोमा रहे । शाहले तीन हजार ४२४ मत प्राप्त गर्दै चौथो स्थानमा रहे ।

शाह २०७४ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट बाजुरा प्रदेश (ख) बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा शाहले कांग्रेसका पदम शाहीलाई पराजित गरेर विजयी शाहले १८ हजार १८६ मत ल्याएका थिए भने कांग्रेसका पदम शाहीले १४ हजार ९७७ मत ल्याएका थिए ।

शाहसँगै यहाँका पाँच जना उम्मेदवारका धरौटी जफत भएको छ । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार केशरबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार भुपेन्द्र ल्वार, प्रगतिशील लोकतान्त्रिक पार्टीका डिककुमार डिसी र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीको जमानत जफत भएको हो । जमानत जफत भएका राप्रपाका उम्मेदवार शाहीले ३५२, नेपाल कम्युनिष्ट (माओवादी) का उम्मेदवार ल्वारले २३३, प्रलोपाका उम्मेदवार डिसीले ९७ र स्वतन्त्र उम्मेदवार शाहीले ७२ मत प्राप्त गरेका थिए ।

The post पूर्वमन्त्रीसहित पाँच जनाको जमानत जफत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082