2082 General
Commission
इलाम-१ मा कांग्रेसका निश्कल राई निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 4:32 PM
60 views
इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार उनले १४ हजार ५४३ मत ल्याएर जित हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६६२ मत ल्याए ।  तेस्रोमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । चौथोमा रहेका रास्वपाका विमल गदालले ९ हजार १६० मत ल्याएका छन् । निश्कलको जितसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसको सीट संख्या १८ पुगेको ...
इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार उनले १४ हजार ५४३ मत ल्याएर जित हासिल गरेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६६२ मत ल्याए । तेस्रोमा रहेका नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । चौथोमा रहेका रास्वपाका विमल गदालले ९ हजार १६० मत ल्याएका छन् । निश्कलको जितसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसको सीट संख्या १८ पुगेको छ ।
commission
election 2082