ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
उदयपुरमा समानुपातिकतर्फ पनि रास्वपाकै दबदबा
2082 General Parties

उदयपुरमा समानुपातिकतर्फ पनि रास्वपाकै दबदबा

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 4:14 PM 57 views
उदयपुरमा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबदबा कायम गरेको छ।

उदयपुरमा समानुपातिकतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबदबा कायम गरेको छ।

सोमबार सम्पन्न मतगणनाको विवरणअनुसार उदयपुर क्षेत्र नं. १ मा रास्वपाले सबैभन्दा धेरै ३३ हजार ८ सय १३ मत प्राप्त गरेको छ।

दोस्रो स्थान श्रम संस्कृति पार्टीले १२ हजार २ सय ६ मत पाउँदा तेस्रो स्थान पाएको एमालेले ९ हजार १ सय ४१ मत ल्याएको छ।

रास्वपाले पाएको मत प्रत्यक्षतर्फ भन्दा ३ हजार ३ सय २३ मतले बढी हो भने श्रम संस्कृतिले प्रत्यक्ष भन्दा ६ सय ९ मत बढी पाएको हो।

यस्तै, नेपाली कांग्रेसले ८ हजार ७ सय ९९ मत पाउँदा नेपाली कम्युनिष्ट पार्टीले ६ हजार ३१ मत पाएको छ।

उदयपुर १ मा समानुपातिकतर्फ ८० हजार १ सय २० मत खसेकोमा ७६ हजार ३२ मत सदर र ४ हजार ८८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरि २ नं. क्षेत्रमा पनि रास्वपाले १९ हजार ८ सय १ मतका साथ पहिलो स्थान ओगटेको छ। दोस्रो स्थानमा रहेको एमालेले ६ हजार ५ सय २४ मत पाउँदा कांग्रेसले ५ हजार ८ सय १८, श्रम संस्कृति ४ हजार ९ सय ९२ र नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ६ सय ९५ मत पाएको छ।

यहाँ खसेको ४५ हजार ७३ मतमध्ये सदर मत ४२ हजार १ सय ८८ र २ हजार ८ सय ८५ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

parties election 2082