ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
गोरखा १ : रास्वपाका सुधन गुरुङ विजयी
2082 General Election Result

गोरखा १ : रास्वपाका सुधन गुरुङ विजयी

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 5:08 PM 51 views
रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएका निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।...

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ विजयी भएका छन् ।

आज सम्पन्न मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी भएका निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार गुरुङले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गरे । कांग्रेसका उम्मेदवार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरे ।

नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरे ।

election election 2082