ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
लमजुङका नौ जना उम्मेदवारको धरौटी जफत 
2082 General Candidates

लमजुङका नौ जना उम्मेदवारको धरौटी जफत 

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 2:12 PM 54 views
लमजुङ।  प्रतिनिधिसभा सदस्य पदका लागि लमजुङमा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका १२ उम्मेदवारमध्ये ९ जनाको धरौटी जफत हुने भएको छ । कुल खसेको मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका कारण उनीहरुको धरौटी फिर्ता नहुने भएको हो ।  एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गत बिहीबार सम्पन्न निर्वाचनमा ७५ हजार चारसय ६० मत खसेको थियो । […]

लमजुङ। 

प्रतिनिधिसभा सदस्य पदका लागि लमजुङमा भएको निर्वाचनमा प्रतिस्पर्धा गरेका १२ उम्मेदवारमध्ये ९ जनाको धरौटी जफत हुने भएको छ । कुल खसेको मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका कारण उनीहरुको धरौटी फिर्ता नहुने भएको हो । 

एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङमा गत बिहीबार सम्पन्न निर्वाचनमा ७५ हजार चारसय ६० मत खसेको थियो । निर्वाचन कार्यविधिअनुसार उम्मेदवारले मनोनयन दर्ताका क्रममा बुझाएको धरौटी फिर्ता पाउन कम्तीमा सात हजार पाँच सय ४६ मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ । तर ९ जना उम्मेदवारले उक्त न्यूनतम मत प्राप्त गर्न सकेनन् ।

धरौटी जफत हुने उम्मेदवारमा एक स्वतन्त्र उम्मेदवारसहित विभिन्न आठ राजनीतिक दलका उम्मेदवार रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीका हरिजंग तामाङले तिन हजार तिन सय ७१ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका केविन्द्रजंग गुरुङले एक हजार मत पाए । त्यस्तै श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले पाँच सय ६५, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङले तिन सय ५१ मत प्राप्त गरेका छन् ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रवीन्द्र नखोलाले एक सय ४४, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १ सय ३० मत प्राप्त गरेका छन्। जनादेश पार्टी नेपालका मिलन बास्कोटाले ५३, नेशनल रिपब्लिक पार्टीका भरत गुरुङले ४१ तथा नेपाल मजदुर किसान पार्टीकी गुजेश्वरी प्रजापति मगजुले १२ मत प्राप्त गरेका छन् ।

उक्त निर्वाचनमा भने तीन प्रमुख दलका उम्मेदवारले मात्रै आवश्यक मत प्राप्त गर्दै धरौटी फिर्ता पाउने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसी ३३ हजार आठ सय ९८ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले १६ हजार आठ सय ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५ सय ६९ मत पाएका छन् । निर्वाचन परिणामअनुसार विजयी उम्मेदवार केसीले प्रतिस्पर्धीभन्दा १७ हजारभन्दा बढी मतान्तरसहित जित हासिल गरेका छन् ।

candidates election 2082